Subscribe Us

मातेर गाडी हाँक्दा जेलको बास

भक्तपुर । मादक पर्दाथ सेवनगरी अनियन्त्रित गतिमा कार हाँकेर मोटरसाइकललाई ठक्कर दिई ज्यान लिने कार चालक थुनामा पुगेका छन् । भक्तपुर जिल्ला अदालतले गाडी चालक आदित्य अग्रवाललाई थुनछेकको बहसपछि मुद्दा पुर्पक्ष गर्दै थुनामा राख्ने आदेश गरेपछि चालक अग्रवाल जेल चलान भएका हुन् । 

अदालतका न्यायाधीश लेखनाथ ढकालको इजलासले अग्रवाललाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् अग्रवालविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को २० र १६२ कोे १० सम्बन्धि सवारी ज्यान र अंगभंग सम्बन्धी अभियोग लागेको थियो । 

 अग्रवाललाई मुलुकी एने ११८ को २० बमोजिम पुर्पक्षको लागि थुनामा पठाइएको अदालतले जनाएको छ ।  महाराजगञ्जका २५ वर्षीय आदित्य अग्रवालले पुस १५ मा मादक पदार्थ सेवन गरि तीव्र गतिमा कार चलाउदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको थियो ।

Post a Comment

0 Comments