Subscribe Us

क्यासिनो बन्द भएपछि नेपाली जुवाडे सिक्कम र गोवामा

काठमाडौं । खाने मुखलाई जुगाँले छेकदैन् भन्ने उखान अहिले नेपाली जुवाडेको जिवनमा मेल खान गएको छ । राजधानी लगाएत देशका सबै क्यासिनो बन्द भएपनि यहिले नेपाली जुवाडेको भिड सिक्कम र गोवाका क्यासिनोमा लाग्न थालेको छ । जुवाका लतमा फसेका नेपाली जुवाडे अहिले सिक्कम र गोवा लगाएत तेस्रो मुलका क्यासिनोसम्म पुगेर जुवा खेल्न थालेका छन् । 

जसका कारण मासिक एक अरब भन्दा बढी रुपैयाँ बिदेशीन थालेको छ । नेपालमा क्यासिनो संञ्चालन हुदापनि नेपालीलाई भने क्यासिनो प्रबेशमा रोक लगाईको थियो । सरकारले राजधानी लगाएत देशका बिभिन्न ठांउमा खोलीएका क्यासिनोका ग्राहक नेपाली नै बढी रहेको भेटेपछि क्यासिनो माथी बन्देज लगाउदै नयाँ निवाबली बनाएको थियो । 

तर क्यासिनो सञ्चालकले नयाँ निवाबलीको मापदण्डमा टेकेर काम गर्छु भन्दापनि सरकारले बिभिन्न बाग्र्रेनीङ गरेको क्यासिनो सञ्चालकले आरोप लगाउन थालेका छन् । स्रोतका अनुसार क्यासिनो चलाउन अनुमती दिने पर्यटन मन्त्रालय र सुरक्षा तथा अनुगमनक गर्न अधिकार पाएको गुहमन्त्रालय बिच कुरा नमिल्दा क्यासिनो बिबाद बढेको स्रोतले बतायो । आफ्नो सम्मपूण बक्यौता बुजाएर सञ्चालनमा आएको दरबारमार्गस्थित याक एण्ड एति होटलको रोयल क्यासिनो खुलेको एक सातामै बन्द भएको थियो । 

स्रोतका अनुसार गुहमन्त्री बामदेब गौतमले मोटो रकम कुम्लाएर क्यासिनो खोल्न अनुमती दिएको भन्दै पर्यटन मन्त्रालयबाट तत्काल बन्द गर्न निर्देशन दिएको हो । उता कोरीयन कम्पनीले सञ्चालनमा ल्याएको हायत होटलको क्यासिनो तारालेपनि सरकारले ल्याएको सबै मापदण्ड पूरा गरेपनि खोल्न अनुमती नदिएपछि अलपत्र अबस्थामा परेको छ । जसका कारण हजारौ मजुदरहरुको बिचल्ली भएको एक क्यासिनोका मजदुर नेताले बताए । 

सरकार नियम बनाउछ तर कार्यान्यवन गराउन नसक्दा ब्याबसायीको कराडौं रुपैयाँ डुब्न थालेको क्यासिनो सञ्चालकले गुनासो गर्न थालेका छन् । गुह र पर्यटन मन्त्रालयको आपसी रिसिबीका कारण क्यासिनो खोल्न नसेकेको क्यासिनो मालिकको दाबी छ ।  उता सबै चाँजोेपाचो मिलाएर क्यासिनो साग्रिला भने खुल्ने तयारीमा रहेको स्रोतले बतायो । साग्रिला क्यासिनो अब एक साता भित्रै खुल्ने एक मजदुरले बताए ।

Post a Comment

0 Comments