Subscribe Us

काठमाडौमा चाईनिज ठगको बिगबिगी

काठमाडौं । काठमाडौमा चाईनिज समानको मात्र होईन चाईनीज ठगकोपनि बिगबिगी बढेको छ । यस्तै एक ठगले एक गुहणीलाई सक्कली आईफोनको ठाँउमा नक्कली आईफोन बिचेर ठगी गर्ने सफल भएका छन् ।  उनी घरमा एक्लै थिईन । एकजना चिनियाँ नागरिक बुझिने अग्रेजी बोल्दै घरमा छिरे । उनले आफु लुटिएको सुनाउदै पैसा नभएर बेखर्ची भएको सुनाए । 

एउटी गृहणीलाई उसको हाउभाउले अलमलमा पारिसकेको थियो । यसबिच उसले आफनो परिचय र विविध कुरा सुनाउदै उनलाई आफुसँग रहेको आईफोन किन्न आग्रह गर्न थाल्यौ । बजारमा उक्त आईफोनको ५० हजार मुल्य भएपनि आफु समस्यामा परेकाले ३० हजारमा बेच्ने उसले बतायो । ति महिलाले आफुलाई आवश्यक नभएको बताए पनि उसले किन्नका लागि कर गरि रह्यो ।घर जान खर्च नभएको बताए पछि नेपाली मन पग्लियो । अन्तमा उक्त आईफोन १४ हजारमा बेचेर चाईनिज ह

उनले सस्तोमा गतिलो आईफोन पाएकोमा मख्ख पर्दै श्रीमान आउने बाटो हेर्न थालिन । मनमा कुरा खेल्न थाले । आफैले आफैलाई स्याबासी समेत दिईन । 

श्रीमान बेलुका घर फर्कनासाथ उनले गर्वका साथ दिउसो भएको घटना सुनाउदै आईफोन हातमा थमाइन । श्रीमानले उक्त फोन ओल्टाईपल्टाउई हेरे । श्रीमानको स्याबासी पर्खेर बसेकी उनलाई श्रीमानले गाली पो गर्न थाले । ३ हजार पनि नपर्ने फोनका लागि पसिना बगाएर कमाएको १४ हजार डुबाएको भन्दै श्रीमान कराउदै थिए ।


चाईनिजले असली भनेर विभिन्न बहानामा बेचेको आईफोन उसका समस्या जस्तै खासा मेड रहेछ । उनका अनुसार हाल केही समय देखि चिनियाँ नागरिक शहरका घरघरमा पुगेर विभिन्न बहानामा सस्ता सामान महँगोमा बेच्दै ठगीमा सक्रिय छन । वार्तालाप र मोलमलाईका बेला खिचिएको तस्बिर समेत हामीले यहाँ राखेका छौ ।
तपाईसँग समेत यस्तो घटना दोहरीन सक्दछ । त्यसैले होशीयार बनौ । ((पर्दाफास डटकमबाट))

Post a Comment

0 Comments