Subscribe Us

प्रचण्ड र बैधले ६ गते आमहड्ताल गर्ने

काठमाडौं ।  एकीकृत नेकपा माओवादी, नेकपा माओवादी तथा आदिवासी जानजाति राष्ट्रिय आन्दोलनले माघ ६ गते संयुक्त आमहड्ताल गर्ने तयारी थालेका छन्। मंगलवार गरेको बैध माओबादीको बन्दमा जनताले प्रतिकार गरेपछि बैधलाई समर्थन गर्दै प्रचण्डलेपनि आमहड्ताल गर्ने भएका छन् । 

यसअघि एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले ५ गते र वैद्य माओवादीले माघ ३ गते आमहड्ताल गर्ने आह्वान गरेका थिए। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण तथा जनजाति आन्दोलनका संयोजक पद्मरत्न तुलाधरबीच बिहान दाहाल निवासमा भएको छलफलमा यस्तो सहमति भएको स्रोतले बतायो । 

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार दुई दिन बन्दको साटो दुबै आन्दोलनरत पक्षबीच सहमति गरेर ६ गतेकै लागि बन्दको कार्यक्रम सारिएको बताए। यता नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यले मितिको बारे अझै निश्चित भइनसकेको बताए। नेकपा माओवादीका महासचिब रामबहादुर थापा वादल, पाल्पा भ्रणम सकेर काठमाडौं फर्किदै गरेकाले भोलिसम्ममा दुई पार्टीहरूले संविधान निर्माणका सम्बन्धमा नयाँ रणनीति पनि तय गर्ने बताइएको छ।

Post a Comment

0 Comments