Subscribe Us

डनसँगको प्रेमले फिल्मी करियर चौपट

काठमाडौं । बोलिउड अभिनेत्री मोनिका बेदीले केहीदिन पहिले आफ्नो ४० औ जन्मदिन सेलिब्रेसन गरेकी छन् । उनले सन् १९९४ मा निर्मित चलचित्र ‘मे तेरा आशिक’ बाट अभिनय यात्रा थालेकी थिइन् । तर उनले मुख्य भुमिका निर्बाह गरेको चलचित्र ‘सुरक्षा’ भने १९९५ मा निर्माण भएको थियो । चलचित्रका सैफअली खान पनि मुख्य भुमिकामा थिए ।

हिन्दीका अलवा तेलुगु, तमिल चलचित्र पनि आधादर्जन संख्यामा काम गरेकी उनको ‘आशिक मस्ताने’, तिरछी टोपीवाले’, ‘जंजिर’, जानक समझा करो’ र ‘जोडी नम्बरवान’ लगायत ब्यवसाहिक सफल हिन्दी  चलचित्र हुन् ।
अभिनयमा चर्चीत भएकै अबस्थामा डनसगको प्रेम उनको करियरको लागि दुर्भाग्य बन्यो । सोही कारणले उनी कलाक्षेत्रबाट हराउन पुगिन् । डनसगको सम्बन्धका कारणले उनी केही समय चर्चामा त रहिन् । तर उनको चलचित्र करियर सबै बबाद भयो ।

 डनसँगकै सम्बन्धका कारण उनी २००२ मा नक्कली कागजातकासाथ पक्राउन परिन् । सोही समयमा उनलाई नक्कली पासपोर्ट बनाउने गरेको आरोप पनि लाग्यो । नक्कली पासकोर्ट आरोपमा देषी ठहरिएकी उनी २००६ मा उनी जेल परिन् । २०१० जेलबाट बाहिएिकी उनी पछिल्लो केहीयता सिरियल अभिनयमा देखिन थालेकी छन् । सिरियलको अलवा उनले अहिले चलचित्र अभिनय गर्ने पनि तयारी गरिरहेको बताइएको छ । ( एजेन्सी )

Post a Comment

0 Comments