Subscribe Us

अध्यक्ष गौचनको आदेशमा ईमेल ह्याक गरी ५ करोडको टेण्डर कब्जा

काठमाडौं । काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका कर्मचारी मिलोमतोमा कार्यालयको आधिकारिक ईमेल ह्याक भएपछि पाँच करोड ५० लाखको टेण्डर इच्छाएको कम्पनीले कब्जा गर्न सफल भएको छ । गत ५ माघभित्र अन्तिम टेण्डर दर्ता गर्ने समय दिएको बल्खु क्षेत्रको सडक मर्मत ठेक्का आयोजनाका कर्मचारीले मोटो रकम हाता पारेपछि ईविडिङ प्रणाली अपनाउने ठेकदारहरुलाई कार्यालयको आधिकारीक ईमेल  नै ह्याक गरी ठेक्का हाल्न बन्चित गराएका थिए ।

 स्रोत भन्छ,‘आयोजनाका कर्मचारीले आफूले इच्छाएको ब्यक्तिले ईविडिङमार्फत टेण्डर फर्म पठाएपछि अन्यको हकमा ईमेल नै जाम गराएर पठाउन नमिल्ने गरियो । नत्र, हामीले बारम्बार ईविडिङ प्रक्रिया अपनाउँदा नहुने र ठक्का पार्ने कम्पनीको मात्र ईविडिङ संभव कसरी हुन्छ ?’ 

माघ १ गतेबाट नै कार्यालयको ठेक्का हाल्न प्रयोजनको लागि खोलिएकोे ईमेल कर्मचारीले ह्याक गरेकोे तथा कार्यालयमा सम्र्पक गर्दा एकैछिनमा बन्छ भन्दै पाँच दिनसम्म झुलाएको पीडित ब्यवसायीले बताएका छन् । टेण्डर दर्ता गर्ने अन्तिम दिन १२ बजेपछि मात्र उक्त ईमेल सुचारु भएको थियो । दुई दर्जनको हाराहारीमा ठेक्का फारम बिक्री भएपनि ईविडिङ गर्न नपाउँदा कसैले पनि टेण्डर दर्ता गर्न नपाएको ब्यबसायीको दावी छ । ‘जसले ईमेल ह्याक गर्न लगायो, उसैले मात्र टेण्डर पहिले नै ‘हाडकपी’ नै पेश गरिसकेको रैछ । 

त्यसैले उसैलाई मात्र प¥यो ।’, एक ब्यबसायीले बताए । यस बिषयमा केही ठेकेदारहरुले आयोजनामा उजुरी दिएपनि सुनुवाई भएको छैन । ठेकेदारहरुको महासंघले समेत वास्ता नगरेका कारण ठूलै रकमको चलखेल भएको हुन सक्ने अन्य ब्यबसायीले आशंका गरेका छन् । ‘कार्यालयको कमजोरीका कारण टेण्डर दर्ता गर्न नपाएपछि त्यसलाई कि पुनः टेण्डर आह्वान गर्नुपर्छ कि छानबिन ?’ ब्यबसायीको माग छ । 

उक्त बिषयमा आयोजनाका प्रमुख प्रभातकुमार झासँग सम्पर्क गर्दा आफ्ना कुनै पनि कर्मचारीले ईमेल ह्याक नगरेको दाबी  गरे । यो आरोप आफूलाई ठेक्का नपरेपछि रुष्ट बनेका ठेकेदारको आरोप मात्र भएको उनले बताए । उनले भने,‘ सबैले एकैपटक ईमेल पठाउँदा ट्राफिक जाम भएजस्तै ईमेल पनि जाम भएको हुन सक्छ । कार्यालयका कर्मचारीले  सिस्टम बिगार्ने काम गरेका छैन् र चाहेर पनि त्यो गर्न सक्दैनन् ।’

 नेपाल निमार्ण ब्यबसायी महासंघमा अध्यक्ष शरद गौचन निर्बाचित भएपछि यो समस्या झन बढेको हो । उक्त ठेक्कामा समेत अध्यक्ष गौचनले ठूलै रकम हाता पारेको आरोप ब्यबसायीको छ । महासंघले यस बिषयमा मौन रहनुले पनि ठूलै रकमको चलखेल भएको पुष्टि भएको छ । गौचनकै मिलोमतोमा उक्त ईमेल ह्याक भएको अन्य ब्यबसायीको आरोप छ । गौचनले अध्यक्ष भएपछि एक अर्ब बराबरको काम आफूखुशी ठेकेदारलाई दिलाएर निर्वाचनमा भएको करोडौं खर्चसमेत उठाईसकेको महासंघमा चर्चा छ ।

Post a Comment

0 Comments