Subscribe Us

प्रहरीले छोराको हत्या गरेः हरि कुमार

काभ्र ।  जिल्लाको पाँचखालस्थित जिरोकिलोमा गत  १८ पुसमा मृत अवस्थामा फेला परेका भनिएका ज्ञानीराजा ठकुरीको प्रहरी संलग्नतामा हत्या भएको परिवारका सदस्यले दावी गरेका छन्। राजधानीको रिपोर्टर्स क्लबमा आईतबार पत्रकार सम्मेलन गरी मृतक ठकुरीका बुवा हरि कुमार र श्रीमती रविता ठकुरीले यस्तो दावी गरेका हुन्।

 परिवारका सदस्यहरुले पाँचखालका प्रहरी नायव निरीक्षक बाबुराम झासँग भएको सामान्य वादविवादकै कारण प्रहरीले हत्या गरेर दुर्घटनाको कीर्ते प्रतिवेदन तयार पारेको दावी गरेका छन्।

पत्रकार सम्मेलनमा मृतकका बुवा हरिकुमारले भने ुएक महिनाअघि प्रनानि झासँग मोटरसाइकलको हेलमेट विवादकै कारण छोराको हत्या गरीएको दाबी गरेका छन् । हरिकुमारले पीडित परिवारका सदस्यले दायर गरेको किटानी जाहेर समेत प्रहरीले दर्ता गर्न नपानेको आरोप लगाए। कानुनी राज्य स्थपाना गरी जनताको जीउ धनको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै आफ्नो छोराको हत्या भएको दावी गर्दै मृतकी पत्नी रविताले घटनामा काभ्रे जिल्लाका एसपी पुजा सिंह चढ्ने गाडीको समेत प्रयोग भएको दावी गरिन्।

उनले मृत्यु भईसकेपछि नक्कली दुर्घटनाको प्रतिवेदन तयार गर्न एपपी सिंह चढ्ने गाडीले कुल्चाएर दुर्घटनामा मृत्यु भएको देखाउन खोजिएको दावी गरिन्। पत्रकार सम्मेलनमा दुर्घटनास्थलमा स्थानीयबासीलाई प्रहरीले घरघरमा गएर जबरजस्ती मुचुल्कामा हस्ताक्षर गराएको तथ्य समेत उजागर गरियो। मुचुल्कामा हस्ताक्षर गर्ने मध्येका गणेश सापकोटाले आफूहरुले दुर्घटनामा मृत्यु भएको नदेखेको बरु प्रहरीले घरको ढोकामा बोलाएर कागजमा सहीछाप गराएको दावी गरे। घटनापछि शब बोक्न प्रयोग गरिएको गाडी बा १२ च ५८६१ नम्बरको गाडीका चालक बिष्णु बजगाईले पाँचखालबाट प्रहरीले राति बोलाएर लिएर गई शवको मुचुल्का तयार गरी उक्त शवलाई सिधैं काठमाडौंस्थित शिक्षण अस्पतालमा पुर्‍याउन लगाएको बताए।

दुर्घटनामा मृत्यु भएको भनिएका ठकुरीको आँखाको डिल तथा नाकमा चोट देखिनु, घट्नास्थलमा एक थोपा पनि रगत नदेखिनु, तिघ्रामा देखिएको गाडीको टायरको डाम, एसपी सिंह चढ्ने गाडीसँग दुरुस्त मिल्नु, शरीरका विभिन्न भागमा तीन वटा प्वालहरु देखिनुले घटना नियोजित रहेको दावी परिवारका अन्य सदस्यहरुले गरेका थिए। पत्रकार सम्मेलनमा काभ्रेका पुरानाबामपन्थी नेता गोविन्द प्रसाद उप्रेती, इन्सेक मध्यमाञ्चल संयोजक गणेश सापकोटालगायतका व्यक्तिहरुले घटनामा प्रहरीको संलग्नताबारे दावी गरेका थिए।

गत पुस १८ गते राति ९ः३० बजे घरबाट निस्केका ठकुरीको सोही दिन राति जिरो किलोमा शंकास्पद रुपमा मृत अवस्थामा फेला परेका थिए। घटनामा प्रहरीले स्थानीयबासीलाई समेत थाहा नदिई शव उठाएर राजधानी पठाएको थियो। परिवारले तत्काल उच्च स्तरीय छानविन समितिको प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेको छ।

Post a Comment

0 Comments