Subscribe Us

यि हुन खाग तस्कर, करोडपती हुने सपना देख्दा जेलको बास

काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी) ले दुर्लभ बन्यजन्तु गैंडाको खाग र चितुवाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । व्यूरोले १ थान गौंडाको खाग र १ थान संरक्षित चितुवाको छालासहित कारोबारमा सलग्न ५ जनालाई भक्तपुर महामञ्जुश्री नगरकोट नगरपालिका–८ बाँसबारीबाट शनिबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा भक्तपुर महामञ्जुश्री नगरकोट नगरपालिका–८ बस्ने ४८ बर्षीय मुरारी तिमिल्सिना, काठमाडौँ जोरपाटी–५ बस्ने दोलखा खोपाचागु–९ घर भएका ३० बर्षीय केशव दाहाल, भक्तपुर छालिङ–७ बस्ने ४८ बर्षीय जनकराज कार्की, मकवानपुर आमभन्ज्याङ–९ बस्ने ४३ बर्षीय धनबहादुर सुनुवार र मकवानपुर बसामाडी–३ बस्ने ३७ बर्षीय मित्रलाल सुनार रहेको व्यूरोले जनाएको छ । वरामद गैंडाको खाग ५२६ ग्राम भएको तथा लम्बाई फेददेखी टुप्पोसम्मको  २० र गोलाई ३४  सेन्टीमीटर रहेको व्यूरोले जनाएको छ ।

 त्यसतै बरामत भएको चितुवाको छाला टाउकोदेखी पुच्छरसम्मको लम्बाई २ फिट ७ ईन्च भएको सिआईबीले जनाएको छ । चितुवा  को छाला र गैंडाको खाग विक्री गर्न लागेको भन्ने विशेष सुचनाको आधारमा ब्यूरोले कारोबारीलाई पक्राउ गर्न सफल भएको बताएको छ ।  

दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अंग प्रत्यंगहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धी १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु भित्र चितुवा र गौंडापनि पर्दछन् । 

गौंडाको खाग अन्तराष्टिय बजारमा करोडौं रुपैंयामा बिक्री बितरण हुने उच्च प्रहरीस्रोत बताउछ । संरक्षित वन्यजन्तुको चोरी निकासिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । पक्राउ परेका कारोबारीलाई थप अनुसन्धान तथा कारबाहीको लागी सिआईबीले आइतबार बन कार्यालय सानोठिमी भक्तपुरमा बुझाएको जनाएको छ।

Post a Comment

0 Comments