Subscribe Us

सुुटेट बुटेट भएर पाँचतारे होटलमा चोरी गर्ने गिरोह पक्राउ

 काठमाडौं । चौधरी ग्रुप, एभरेस्ट, अन्नपूर्ण होटललगायतका १४ ठूला संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा हनुमानढोकाले राजधानीमा श्रृंखलावद्धरुपमा ल्यापटप चोरी गर्ने चितवनका अरुण भन्ने रामभक्त श्रेष्ठ, उनका भाइ राजु श्रेष्ठ र रुपन्देहीका सुरज कुमाललाई पक्राउ गरेको हो । सुटेट बुटेट भएर हातमा ब्याग बोकेर  सर्वसाधारणको आवत जावत हुने विभिन्न कार्यालयमा खाजा खाने समयमा सेवाग्राही बनेर जाने र कर्मचारी नभएको मौकामा ल्यापटप बोकेर हिँड्ने गरेको प्रहरीको अनसुन्धानबाट खुलासा भएको छ ।

 महाशाखाबाट खटिएको टोलीले अरुण भन्ने रामभक्तलाई माघ १ गते चितवनबाट पक्राउ गर्नुकोे साथै उनका साथबाट चोरीका ५ थान ल्यापटपसमेत बरामद गरेको थियो । प्रहरीअनुसन्धानका क्रममा अरुणले उपत्यकाका विभिन्न २८ स्थानवाट ३० वटा भन्दा बढी ल्यापटप चोरी गरेको बयान दिएका छन् । उनले चोरी गरेको प्यापटपहरु थानकोटको कोठामा जम्मा गर्ने र चितवन लगेर बेचबिखन गर्ने गरेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ ।

 रामभक्तले आफूलाई खासाबाट ल्यापटप ल्याउने व्यापारी भनी सर्बसाधारणलाई चिनाउने गरेको प्रहरी जनाएको छ । राम्रा र महँगा ल्यापटप नयाँ दिल्लीसम्म लगेर बिक्री गर्ने तथा अन्य चितवन र भारतका रक्सौल, लखनउ, गोरखपुरतिर बिक्री गर्ने गरेकोसमेत प्रहरीले जनाएको छ । चोरी गरी ल्याएका ल्यापटप राजु श्रेष्ठले विक्री गर्ने गरेको प्रहरीले बताएको छ । चोरीका ल्यापटप हुन् भन्ने थाहा पाई पाई किन्ने गरेको खुलेको प्रहरीले जनाएको छ । रामभक्त यसअघि पनि ल्यापटप चोरी अभियोगमा जिल्ला अदालत काठमाडौबाट धरौटीमा छुटेका अभियुक्त हुन ।

Post a Comment

0 Comments