Subscribe Us

अमरेशविरुद्ध अपरेशन !

काठमाडौं । संविधानसभामा आफ्नै दल नेपाली कांग्रेस र सहयोगी दल नेकपा एमालेका नेताविरुद्ध चर्को भाषण गरेका अमेरश सिंहको राजनीतिक औकात भारतीय एजेन्सीको भरमा बढेको भन्दै केही नेताहरुले उनलाई तह लगाउने तयारी गरेका छन् । 

 भारतीय प्रधानमन्त्रीको कार्यालयसँग सिधा सम्पर्क भएका अमरेशले जुन हिसावले यहाँ धम्की दिएका छन्, उनको प्रतिरोध र प्रतिवादन गर्नका लागि राजनीतिक दलका ठूलै नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कुरा गर्दैछन् ।

‘राजनीतिक व्यक्तिले त्यहि अनुसारको कुरा गर्नुपर्छ मनलाग्दी गर्ने ? कसको बलमा अमरेशले यत्रो बोल्यो ? को हो त्यो नेपालको ठेकेदार हो ?’, उच्च स्रोतले भन्यो,‘नेताहरु चुप लागेर बसेको भनेको उसको बलले होइन, उसलाई ठेगान लाउन हो ।’ अमरेश भारतीय एजेन्सीकै बलमा सभासद बनाइएका हुन् । उनको सभासद पद समेत खोसिन सक्ने कांग्रेसीजनले बताएका छन् । ‘त्यो एक्लै केही होइन, त्यसैको मालिकले उसको जागिर खाइदिन्छ, अनि चुप लागेर बस्छ ।’, स्रोतले भन्यो ।

त्यसो त अहिले कांग्रेस–भारत सम्बन्धको निक्कै नजिक धार्मिक आन्दोलन लिएर हिँडेका खुमबहादुर खड्का छन् । कांग्रेससँग भारतको राम्रो सम्बन्ध बनाउनका लागि र गिरीजाप्रसाद कोइरालालको लाइन उभ्याउनका लागि खड्काको अभियान चलेको छ । अमरेश भन्दा विदेश सम्बन्धमा, खासगरी भारतीय सम्बन्धमा खड्का अहिले अगाडी देखिएका छन् ।

 ‘सम्बन्धको आधारविन्दु नभएर हो, गिरीजाबाबु हुँदासम्म चुइँक्क नगर्ने त्यो अमरेश अहिले खुलेआम कुरा गर्न थालेको छ, कहाँबाट आयो बल ?’, स्रोतले भन्यो । कांग्रेस र समग्र मुलुकका लागि गिरीजाप्रसादको निर्णय नै आधिकारीक हुने गर्दथ्यो । उनको निर्णयको अघि न रअका अधिकारीको सीप चल्थ्यो, न उनका भरौटेहरुको । अहिले भरौटेहरु सक्रिय हुन थालेको देखेर दिक्क लागिरहेको स्रोतले बतायो ।
  

Post a Comment

0 Comments