Subscribe Us

अबैध हतियार खोज्दै शसस्त्र

काठमाडौं । सशस्त्र प्रहरी बलको विशेष टोलीले पाँच राउण्ड गोली लोड भएको एउटा पेस्तोल बरा मत गरेको छ । अबैध पेस्तोल राखेको बिषेश सुचनाको आधारमा केशव प्रसाँई नाम बताउने एक व्यक्तिलाई पक्राउ गर्दा उनको साथबााट उक्त पेस्तोल बरामत गरेको हो ।

 प्रसाँईलाई सशस्त्रको टोलीले काठमाडौंको जडिबुटीस्थित बस स्टपबाट पक्राउ गरिएको जनाएको छ । धनुषा जिल्लाको ढल्केवर २ घर भई हाल काठमाडौंको जडिबुटीमा तीन वर्षदेखि डेरा गरी बस्दै आएको बताउने प्रसाँईले उक्त बरामत पेस्तोल कुन प्रयोजनको लागी राखेका हो सशस्त्रले खुलाएको छैन् । 

रिभल्बर टाइपको उक्त सिक्सर पेस्तोलमा ६ राउण्ड गोली लााग्ने भएपनि पेस्तोल बरामद गर्दा पाँच राउण्ड गोली लोड भएको अवस्थामा रहेको सशस्त्रले जनाएको छ । गत सातापनि सशस्त्र प्रहरीको बिषेश टोलीले बागबजारबाटपनि अबैध दुई थान पेस्तोल बरामत गरेको थियो ।

Post a Comment

0 Comments