Subscribe Us

सेन्टरजेलबाटै उदय सेट्ठीको ब्यापारी अपहरण गर्ने योजना
सुक्रवार पक्राउ परेका दुई हतियाधारी सेट्ठीको सहयोगी

 काठमाडौं । अत्याधुनिक हतियारसहित सुक्रवार बागबजारबाट पक्राउ परेका दुई हतियारधारी ब्यक्ति कुख्यात अपराधी उदय  सेट्ठीका सहयोगी भएको खुलासा भएको छ । 

प्रहरी अनसुन्धानको क्रममा पक्राउ परेका दुई हतियारधारी एक दर्जन अपराधमा केद्रिन्य कारागार सुनधारामा रहेका भारतीय नागरिक उदय सेट्ठीको आपराधीक गिरोहका सदस्य रहेको खुलासा भएको हो । 

सुक्रवार सशस्त्र प्रहरीको सादा पोसाकको विशेष टोलीले काठमाडौंको बागबजारबाट सेट्ठीका दुई सदस्यलाई दुई थान हतियारसहित पक्राउ गरी अनसुन्धानको लागी महानगरी प्रहरी बृत्त सिंहदरवामा बुजाएको थियो । सेट्ठीले राजधानीलगायतका विभिन्न स्थानमा आुफ्निा सहयोगी पठाएर चन्दा असुली र अपहरण जस्ता अपराध गर्ने थालेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । 

 सेट्ठीको आदेशमा उनका सदस्यले व्यापारी अपहरण गर्न तथा चन्दा आतन्क मच्चाउन अत्याधुनिक हतियारसहित काठमाडौं आएका सुनसरी महेन्द्रनगर गाविस–८ का सागर थापा र रौतहट रंगपुर–५ का युवराज तिमल्सिना क्षत्रीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ टोलीमा सहभागी एक सदस्यका अनुसार थापा र तिमल्सिनाले बिहीबार नै कुनै एक व्यापारीको अपहरण गर्ने योजना बनाएका थिए । तर, सेट्ठीले बिहीबार अप्ठ्यारो छ, शुक्रबार मात्रै गर्नू भन्ने आदेश दिएपछि उनीहरू शुक्रबार बिहानै बागबजारको श्रेष्ठ टेलरिङको पार्किङमा पुगेका थिए ।

मेड इन इटाली लेखिएको पेस्तोल एक थान, नाइन एमएम मेड इन इन्डिया लेखिएको अर्को पेस्तोल एक थान तथा ती पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ परेका उनीहरूले आफूहरूलाई उदय सेट्ठीले पठाएको बताएका थिए । उनीहरूबाट बरामद भएका दुवै पेस्तोल अटोमेटिक हुन् । 

दुईमध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो । पक्राउ परेकाहरूलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाइएको छ । सशस्त्र प्रहरीसँगको प्रारम्भिक बयानअनुसार उनीहरूले जेलमा रहेका सेट्ठीलाई रकम असुल गरी बुझाउदै आएका थिए ।

यसअघि थापा र तिमल्सिना दुवैलाई प्रहरीले पक्राउ गरी छोडेको थियो । पक्राउ परेपछि उनीहरूले कुन व्यापारी अपहरण गर्न लागेका हुन् भन्नेबारे केही खुलाइएका छैनन् । उनीहरूलाई पक्राउ गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जुनियर प्रहरी अधिकृत घाइतेसमेत भएका छन् । 

स्रोतका अनुसार उनीहरू दुई महिनादेखि व्यापारी अपहरणको योजना बनाएर राजधानी आएका थिए ।केन्द्रीय कारागारमा रहेका सेट्ठीले दुई वर्षअघि नुवाकोट जेलबाटै रकम असुली गर्न आफ्ना सहयोगीहरूलाई पठाएका थिए । नेपालमा १० ओटाभन्दा बढी अपहरणका घटनामा संलग्न रहेका सेट्ठीले अदालतमा आफूविरुद्ध बयान दिन जाने जोकोहीलाई सिध्याइदिने धम्की दिँदै आएका छन् । सुरुमा अपहरणकारी अमर टन्डनका सहयोगीका रूपमा रहेका सेट्ठीपछि आफैं अपहरणमा संलग्न भएका थिए ।

चितवनबाट डा। भक्तमान श्रेष्ठ अपहरण गर्नेमध्येका एक सेट्ठी जेलबाट आफ्नो सञ्जाल सञ्चालन गर्ने एक्लो व्यक्ति हुन् । दसैंको मुखमा जेलभित्रै कैदी बन्दीसँग समेत पैसा असुल गर्ने सेट्ठी भारतीय अपराधी फजुल रहमान समूहको तर्फबाट व्यापारीलाई धम्क्याएर भारतमा ‘वान्टेड’ रही नेपाल पसेका हुन् । 

फोनमा धम्की दिलाई रकम असुल्ने र आफूविरुद्ध अदालत जानेलाई धम्क्याउने उनको पछिल्लो प्रयास सफल नभए पनि दुबई, मलेसिया, सिंगापुर र भारतको मुम्बईमा उनको फोन कनेक्सन रहने गरेको छ । जेलबाट छुटेका व्यक्तिहरू भित्र रहेका चर्चित अपराधीहरूबाट प्रयोग हुने गरेका छन् ।

Post a Comment

0 Comments