Subscribe Us

30 बर्षमा हत्या गरे ६५ बर्षमा पक्राउ परे

काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनसुन्धान व्यूरोले ३५ बर्षदेखि फरार रहेका एक हत्यारालाई पक्राउ गरी अदालतमा बुजाएको छ । २०३६ सालमा हत्या गरी फरार रहेका हत्यारा भक्तबहादुर कुमाललाई व्यूरोले पक्राउ गरी फैसाला कार्यान्वयनको लागी अदालतमा बुजाएको जनाएको छ । 
हत्या गर्दा २५ बर्ष रहेका कुमाल अहिले पक्राउ पर्दा ६५ बर्षका पुगेका छन् । कुमालले ज्यानमारेको ठहर गर्दै जिल्ला अदालत स्याङजाले २० बर्ष कैदको फैसाला सुनाएको थियो । दल बहादुरको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी भक्तबहादुर कुमालसमेत भएको कर्तब्यज्यार्न  कैदको मुद्दामा कुमाल फरार थिए । फरार प्रतिबादी स्याङजा रत्नपुर(८ दामाचौरका कुमाल हत्या पश्चात रत्नपुर(८ दामाचौरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

कुमाललाई स्याङजा जिल्ला अदालतको २०३६ माघ १७ गते र क्षेत्रीय अदालतले २०३९ साउन २४ गते २० बर्ष कैदको फैसाला गरेका थिए । त्यसतै २०५१ साउन १९ गते बिहान काठमाडौं प्रदर्शनीमार्ग, भृकुटीमण्डपस्थित सडकको जेब्राक्रसिङ्गमा बाटो काटीरहेका ५० वर्षीय कालुचन्द्र कठायतलाई भक्तपुर दधिकोट(७ बस्ने ४४ वर्षीय लक्ष्मण श्रेष्ठले चलाएको बा।अ।ह २९३२ नम्वरको बिक्रम टेम्पोले ठक्कर दिँदा घाइते भई उपचारको क्रममा कठायतको मृत्यु भएको सवारीज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतले २ वर्ष ६ महिना कैद हुने गरी गरेको फैसलापश्‍चात फरार रहेका प्रतिवादी लक्ष्मण श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खोजतलासको क्रममा सोमबार ठिमी भक्तपुरमा फेला पारी पक्राउ गरी मंगलबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।        

Post a Comment

0 Comments