Subscribe Us

डन बाहुन थर्काउने भगवान बिरुद्ध ‘डिफ्युजन नोटिस’

काठमाडौं । सर्बोच्च अदालतका न्यायधीस रणबाहादुर बमलाई गोली प्रहार गर्ने मुख्य सुटर भगवान थापा भन्ने सञ्जय ईस्लामी बिरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । फरार भई कतारमा रहेको अनसुन्धानबाट खुलासा भएपछि उनको पक्राउको लागी प्रहरीले ईन्टरपोल मार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । 

अपराध अनसुन्धाको दायरमा आएका तर अदालतबाट अपराध ठहर नभएका ब्यक्तिलाई पक्राउ गर्नको लागी नेपाल प्रहरीले ईन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गर्न सक्छ ।

 तर अदालतबाट अभियोग पुष्टि भईसकेका अपराधीलाई बिदेशी भुमीमा भएको ठहर भएमा  उनिहरु बिरुद्धभने ईन्टरपोले रेडकर्नर नोटिस जारी गर्दछ । फरार रहेका भगवान थापाले अर्का गुण्डाका नाईके सुजन पौंडेल उफ रमेश बाहुलाईसमेत थर्काउने गरेको स्रोत बताउछ ।

 दुबै रामेछापका हुन । तर एक अर्का दुस्मन थिए । दुबैको आयस्रोत भनेको ठेक्का पट्टाको कमिशन नै थियो । तर भगवान भने अर्का गुण्डाका नाईके सुक्रे लामाको लागी काम गर्थे । 

भगवान राजधानीमा सुपारी लिई गोली हान्ने तथा खुकुरी प्रहार गर्ने एक अपराधिक गिरोहका सदस्य थिए । उनि गुण्डाका नाईके सुक्रे लामाका दाहीने हात थिए । तर उनलाई ब्यालक स्पाईडर नामक अपराधीक समुहलेसमेत प्रयोग गर्दै आएका थिए । डाः हेमान्त दिक्षीतलाई गोली हान्नेसमेत उनै भगवान भएको उनि निकटस्रोत बताउछ । सुक्रे लामाको अपराधीक समुहमा एक नम्बर हिम्मत भएका रुपमा भगबानलाई लिईथ्यो स्रोेतले बतायो । 

सुक्रे लामालाई जेलबाट भगाउने देखी तिनकुनेका पन्चे लामालाई खुकुरी प्रहार गर्ने मुख्य बेक्ति भगबान भएको स्रोेतको दाबी छ । उनि संसारमा सबैभन्दा सजिलो र दाम आउने काम मान्छे मार्ने र हान्ने हो भन्ने ठान्थे । उनि पैसाको लागी साना देखि ठूलासम्म सुपारी लिने गर्थे । उनका दुई सहयोगी पनि थिए जसका नाम थियो गोबिन्द र बच्चन कार्की । सुक्रेको सुचना प्रहरीलाई दिएपछि बच्चन प्रहरी बने भने गोेबिन्द बेपत्ता भएको स्रोेतले बतायो । अहिले बच्चनपनि प्रहरीको जागीर छाडेर बिदेशीएका छन् ।

Post a Comment

0 Comments