Subscribe Us

जासुसी गर्न बौद्ध स्तुपा वरिपरि विदेशीका रेष्टुरेन्ट

काठमाडौं । ‘फ्रि–तिब्बत’ गतिविधिलाई सहयोग पु¥याउने उदेश्यले बौद्धस्तुपा वरपर यूरोपियन यूनियनमा आवद्ध राष्ट्र र स्वयम् अमेरिकन लगानीमा स्तुपाको परिसरभित्र दर्जनौ विदेशी लगानीमा रेष्टुरेन्टहरु खुलेको तथ्य फेला परेको छ । स्रोतका अनुसार स्तुपाको मुख्या द्धारबाट प्रवेश गर्दा दाहिनेपट्टिको दोस्रो घरमा रहेको सिर्कल कफी सप अमेरिकन लगानीमा खोलिएको रेष्टुरेन्ट हो । जहाँ विदेशी गुप्तचरहरुको जमघट हुने गरेको छ । सामान्य लगानीमा खोलिएको उक्त रेष्टुरेन्टलाई एक्कासी १८ लाख रुपैयाँ दिएर खरिद गरिएको थियो ।

 खरिदकर्ताले नै नेपालस्थित रहेको अमेरिकन दुतावासको लगानी रहेको बताएपछि यो रहस्य खुलेको हो । त्यसैगरी, स्तुपाकै परिसरमा रहेको ‘ला–कासीता दि बौद्धनाथ’ रेष्टुरेन्टको लगानी स्पेनिश नागरिकले गरेका हुन् । विगत लामो समयदेखि बौद्धस्तुपा परिसरमा नै रहेको भ्यू स्तुपा नामका रेष्टुरेन्ट समेत विदेशी लगानीमा सञ्चालन भइरहेको छ । यसका अलवा बौद्धस्तुपाभित्र अनगिन्ति रेष्टुरेन्टहरु विदेशीको लगानीमा रहेका छन् । अर्कोतिर नेपालमा लगानी गरी ब्यबसाय गर्ने परिधि टेकेर ब्यवसाय गरेका हुन् कि हैनन् समेत सरकारले खोजी नीति गर्न सकेको छैन । 

जसका कारण विदेशीलाई नेपालमा जे गरेपनि हुन्छ भन्ने परिसकेको छ भने बौद्धका स्थानिय ब्यवसायी विदेशीका कारण विस्थापित हुन थालेको स्थानियको बुझाई छ । स्थानियका अनुसार विदेशी लगानीमा खोलिएका त्यस्ता रेष्टुरेन्टका सञ्चालकले अदृश्यरुपमा जासुसीको काम गर्ने गरेका छन् । जसले अप्रत्यक्ष रुपमा तिब्बतीयन गतिविधिलाई बढुवा दिने गरेको समेत स्थानियको बुझाई छ । एकताका बौद्धधर्मालम्बीहरुको पवित्र धार्मिकस्थल बौद्धस्तुपा वरपर फ्रि–तिब्बतको नारा र प्रदर्शन हुन नरोकिएपछि सवै स्थानियबासिन्दा घरबाहिर निस्केर तिब्बतीयनलाई लखेटेका थिए ।

 तिब्बतीलाई सघाउने तथा उनीहरुबाट सूचना लिन सकिने राम्रो माध्यामका रुपमा यतिखेर बौद्ध स्तुपालाई विदेशी जासुसीहरुले सदुपयोग गरिरहेका छन् । नेपालको सक्रमणकालिन अबस्थालाई फाईदा उठाउने उदेश्यले नेपालमा विभिन्न मुलुकका जासुसी संयन्त्र सक्रिय भएको समाचार बारम्बार प्रकाशित हुने गरेपनि नेपाल सरकार मातहत रहेका सुरक्षा अंगले भने केही गर्न सकेका छैनन् । नेपाल सरकारको एक मात्र जासुसी गर्न सक्रिय राष्ट्रिय अनुसन्धान विभाग राजनीतिक भर्ति केन्द्र बन्नु तथा उक्त विभागलाई सरकारले सदुपयोग गर्न नसक्दा मुलुक थप अस्थब्यस्त बन्दै गएको छ । 

नेपालको प्रतिजासुसी रक्ष्ँँ प्रणाली सक्रिय गराउन विभिन्न कालखण्डमा प्रयास गरिएपनि विदेशीको ईशारामा काउण्टर ईन्टेलेजेन्सलाई प्यारालाईड बनाइएको कारण नेपालीभूमिलाई विदेशीले क्रिडास्थल बनाएको स्थानियको भनाई छ । बौद्धस्तुपाभित्र को विदेशीले के–कति लगानी गर्न अनुमति पाएका छन् ? त्यसको अनुसन्धान र सूचना महानगरीय प्रहरी बृत्त बौद्धलाई समेत अतोपतो छैन । विदेशी लगानीमा सञ्चालित त्यस्ता रेष्टुरेन्टहरुले भ्याटविल, करलगायत सरकारलाई बुझाउनु पर्ने राजश्व तिरे–नतिरेको अनुगमन गर्ने निकाय आन्तरिक राजश्वले समेत सक्रिय भूमिका निभाउन नसम्दन विदेशीको मनोमानी नेपालीभूमिमा बढेर गएको स्थानियको ठम्याई छ । 

Post a Comment

0 Comments