Subscribe Us

उत्ताउला भए घैंटेका उत्तारधिकारी

युबराज गुरुङ उफ सानो भाई
काठमाडौं । गुण्डामाथी प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपनि गुण्डागर्दी भने नियन्त्रण हुन सकेको छैन । गुण्डागर्दीको रुप फेरीएको हो तर गुण्डागर्दी रोकिएको छैन् ।
 डनका नामले कुख्यात समाखोशीका कुमार श्रेष्ठ उफ घैंटे अहिले बिदेश पलायन भएपनि उनको उत्ताराधिकारी तथा दाहेने हात मानीएका  युबराज गुरुङ उफ सानो भाईको हर्कत भने प्रहरीले सोचेभन्दा तिन गुणा बढी छ ।

 राजधानी लगाएत धादिङ, नुवाकोट रसुवामा गुण्डागर्दी गर्दै आएका सानोभाईले गत साता नुवाकोेटमा एक ब्यापारीमाथी ज्यानमार्ने उद्देशले खुकुरी प्रहार नै गरे ।  आधा दर्जन अपराधमा संलग्न रहेका सानुभाईलाई प्रहरीले खोजी तिर्ब पारेपछि उनि राजधानी छाडेर नुवाकोट हानिएका थिए ।

 डन घैंटेको आडभरोसा रहेको सानोभाईलाई प्रहरीले पक्राउ नर्गनुलाईपनि आंशाकाको दृष्टिले हेरीएको छ सानोभाईका संरक्षक को हुन । सानुभाईले नुवाकोटबाट धादिङ ससुराली गएका पवन तामाङलाई खुकुरी प्रहार गरी ज्यानै  लिएका थिए तामाङको हत्यामा मुख्य नाईके रहेका सानुभाईको जाहेरीमा नाम छुटेपछि उनि उक्त हत्याकाण्डबाट उनमुक्ति पाए । राजधानीमा एक दर्जन अपराधमा सलग्न रहेका सानोभाईलाई पछिल्लो समय प्रहरीले निकरानी राख्नुका साथै उनका ठूला दाई घैंटे बेपत्ता भएपछि उनले राजधानी छाडेर नुवकोट पुगेका हुन । 

नुवाकोटमा आयस्रोत बढाउन टेण्डर, होटल, रेष्टुरेन्टबाट हप्ता असुलीमा सक्रिय भएपछि सानोभाईलाई दुई महिना अगाडी स्थाईनिय बासिन्दाले राम धुलाई गरेका थिए । धुलाईबाट उनको दाहेने हात छिया छिया भएको उनि निकट स्रोत बताउछ । त्सयकै बदला स्वरुप सानोभाईले गत साता नुवाकोटका स्थाईनिय ब्यापारी राम तमाङलाई खुकुरी प्रहार गरेका थिए । तर पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

Post a Comment

0 Comments