Subscribe Us

सुन बोक्ने भरियाका करोडौंका महल

काठमाडौं । काम भारी बोग्ने भरिया, केही रकमको लागि उनीहरु भारी बोक्छन् । तरपनि तीन बर्षमा उपत्यकाको मुटु मानिने सानो ठिमीमा करोडौंकोे महल जोड्न सफल छन् । जीबनभर नुन बोक्ने भरियालाई एकछाक खान पनि गाह्रो पर्छ । तर तीन बर्ष भारी बोग्ने भरियाले भने करोडौंको महल कसरी जोड्न सक्छन ? उत्तर अनुत्तरी छ ।
सुरुमा गाडीमा मान्छे बोक्ने, पछि मान्छेसँगै सुन नै बोक्न थालेपछि मात्र उनीहरुले करोडौंका महल बनाउन सफल भएका हुन् । सिन्धुपाल्चोक जिल्लाका दिनेश श्रेष्ठ अहिले भक्तपुरका बासिन्दा हुन् ।  उनको सानोठिमी प्रहरी बृत्त पछाडी एक रोपनी जग्गामा चारतले महल बनेको छ । तीब बर्षअघि ड्राईभर पेशा सुरु गरेका श्रेष्ठले खासाबाट तस्करी हुने सुन भरियाको रुपमा काम गर्न थाले । 

उनले एक किलो सुन बराबर २५ हजार लिन्थे, एक पटकमा २५ किलोसम्म बोक्ने गरेको उनलाई चिनेजानेका बताउँछन् । उनी हप्तामा दुई वा तिन पटकसम्म सुन काठमाडौं ल्याउने गर्थे । एकपटक सुन ल्याउदा श्रेष्ठ जस्ता भरियाले ५ देखि ६ लाख कमाउने गरेको अनुभवी बताउँछन् । गाडीमा यात्रु ओसार्ने नाममा श्रेष्ठले अबैध सुनको क्यारिङ गर्न थालेपछि उनले एकाएक भक्तपुरमा घरजग्गा जोड्न सफल भएका हुन् ।

तीन महिनाअघि प्रहरी र उनको समूहले खासाबाट आफंैले बोकेर ल्याएको सुन प्रहरीलाई मिलाई १४ किलो सुन मध्ये सुन जिम्मा लिने टिब्टेन नागरिकलाई ४ किलो मात्र दिएर १० किलो लुकाएका थिए । त्यही सुनबाट श्रेष्ठले पुनः घरसँगै थप जग्गा जोडेको स्रोत बताउँछ । जसको छानबिन अहिले सिआईबीले गरिरहेको छ । उक्त काण्डमा तत्कालिन डीआईजी बिरेन्द्रबाबु श्रेष्ठकोेसमेत हात रहेको स्रोत बताउँछ । 

उक्त ४ किलो सुन तत्कालिन समयमा अख्तियार दुरुप्रयोग अनसुन्धान आयोेगमा कार्यारत प्रहरीले बरामत गरेको थियो । १४ किलो सुनमा ४ किलो बरामद देखाई १० किलो प्रहरीकै मिलोमतोमा गायब पारिएको थियो । अनुसन्धानको क्रममा सिआईबीले भरिया श्रेष्ठलाई नियन्त्रणमा लिएर बयान समेत लिईसकेको छ । स्रोतका अनुसार श्रेष्ठलाई पनि सिआईबीले सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउन प्रमाण संकलनमा गरिरहेको छ । 

 त्यस्तै गत महिना सुन लुटेको नाटक गर्ने ज्याक भन्ने कुलमान शेर्पा र सुन क्यारिङ गर्ने टेम्बो शेर्पालाई पनि सिआईबीले पक्राउ गरी अनसुन्धान गरिरहेको छ । दुबैले सुन ल्याएको स्वीकारे पनि लुटेको कुरालाई भने थाहा नभएको बताउने गरेका छन् । प्रहरीको अनसुन्धानमा सुन दिने टेम्बोे र भरिया ज्याक भएको खुलासा भइसकेको छ । तर, भरिया ज्याकले सुन लुटिएको भन्दै आफैले योजनाबद्ध तरिकाबाट सुन लुटिएको नाटकमञ्चन गरेका थिए ।

Post a Comment

0 Comments