Subscribe Us

यि काँडाले कहिले घोच्छ ‘आईजी साप’?

 काठमाडौं । सर्बोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या काण्डका अभियुक्त पक्राउपछि नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले मख्ख पर्दै भनका थिए,‘घाँटीमा अड्कीएको काँडा निकालियो ।’ न्यायाधीश बमका अभियुक्तहरु पक्राउपछि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी अर्यालले कुनैपनि अपराधको अनसुन्धान गर्न बाँकी नभएको जस्तैगरी बम हत्याकाण्डको सफलताको बयान गरेका थिए अर्यालले बम हत्याकाण्डको अनुसन्धान हुन नसक्दा घाँटीमा काँडाले घोची राखेको आफूलाई महसुस भएको समेत बताएका थिए ।
 लामो समय अनुसन्धानपछि हत्यारा पक्राउ परेको बताएपनि बास्तबिकता त्यस्तो थिएन् । यदि त्यसो हो भने चर्चित रानीबारी ईन्जिनियर दम्पती हत्याकाण्ड १२ बर्Èसम्म पनि अनसुन्धान हुन नसन्दा चाही किन अर्याललाई केही भएन ? त्यस्तै, ललितपुरमा भएको नगरकोटी परिवार हत्याकाण्ड, नेपालगंन्जको दिपक हेमकार परिवार हत्याकाण्ड, छोरीमैया बेपत्ता काण्ड, लोकसेवाको क्षेत्रिय कार्यालय प्रमुख नबराज चौलागाई बेपत्ता काण्डलगायतका आधा एक दर्जन अपराधमा चाहि नेपाल प्रहरीका आईजीपी अर्याललाई काँडाले घोचेको छ कि छैन् ?

स्रोेतका अनुसार रानीबारी हत्याकाण्डका अपराधीको पहिचान भएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरु पटकपटक नेपाल आउने र भारत जाने गरेका छन् । रानीबारीमा भाडामा बस्दै आएको ईन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको रहस्यमय रुपमा आफ्नै कोठामा ३१ असार ०५९ मा हत्या भएको थियो । घटना भएको करिब १२ वर्È बित्दा पनि प्रहरीले अपराधमा संलग्नलाई पक्राउ गर्न सकेको छैन् । अपराधी भने भारतमा लुकेर बसिरहेका छन् । उनीहरुसँग भएकोे ४० लाख रुपैयाँ लुट्ने योजना मुताविक हत्या भएको प्रहरीको प्रारम्भिक आशंका थियो ।
 त्यस्तै, ललितपुरको नगरकोेटी परिवारको हत्याकाण्ड पनि प्रहरीले अहिलेसम्म सुँईको पाएको छैन । पाँच जना परिवार नै सिध्याउने योजनाबद्ध हत्याका अपराधीलाई नेपाल प्रहरीले किन खोजिरहेको छैन ?  तीन बर्षअघि नेपालगञ्जको दिपक गहना पसलमा लुटपाट हुँदा आमा, बाबु र छोराको हत्या भएको थियो । सो काण्डका हत्यारा हत्यारालाई पनि तत्कालिन क्षेत्रका प्रहरीकै हाकिमले बचाएको आरोप लाग्ने गरेको छ । यि हत्यामा चाहिँ काँडाले किन खोज्दैन आईजीपी अर्याललाई ?यस्तै दुई बर्षदेखि बेपत्ता छोरीमैंया मर्हजनको बास्तबिकता किन सार्वजनिक हुँदैन  अनसुन्धानमा खटिएका प्रहरीको भनाई मान्ने हो भने छोरीमैंया जिउँदै रहेकी छिन् ।
 तर उनी कहाँ र कुन अबस्थामा छिन किन प्रहरीले सार्वजनिक गर्दैन ? यस्तै दर्जनौं घटनामा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । छ । एक वर्षिय बालक रोहित गुप्ताको अपहरण गरी हत्या गरेको अभियोग लागेका राजेश गुप्ता अहिलेसम्म फरार छन् । न्यु गोल्डेनगेट हाउसमा अब्बास भन्ने सुल्तानको हत्या गरेको अभियोग लागेका मिलन सुवेदी पनि फरार छन् । कर्तव्य ज्यान अभियोग लागेका सुनसरीका दीपक मेहता र महेन्द्रनगरका प्रकाशसिंह ठकुन्नालाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । १३ असार ०५९ मा हात्तीसारमा विदुर कार्कीलाई गोली हानेर हत्या गरेको अभियोग लागेका मदनबहादुर मिश्र फरार छन् ।
 २० जेठ ०६१ मा सामाखुसीमा उज्ज्वल जोशीको हत्या गर्ने प्रज्ज्वल ताम्राकार र मीलन घले पनि पक्राउ परेका छैनन् । १३ माघ ०६० मा बौद्धमा रोशन मगरको हत्या गर्ने चाँद लामा, सुनिल श्रेष्ठ र विजय लामा पनि प्रहरीको पकड बाहिर छन् । डा. उपेन्द्र देवकोटाकी छोरी मेघाका अपहरणकारी मध्ये गोकुल गिरीलगायत अन्य पक्राउ परे पनि केशव दर्लामीमगर अझै फरार छन् । १० वर्षिया बालिका मोनिका पियाका तीन अपहरणकारी अझै पक्राउ परेका छैनन् । अपहरणमा काभ्रेका पूर्ण जर्घामगर, राजकुमार पौडेल र काठमाडौं खड्का भद्रकालीका ईश्वर केसी फरार छन् । 
व्यापारी सञ्जय सुरेखाको अपहरण कसले गरेको हो ? प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । अपहरणकारीलाई चार लाख अमेरिकी डलर फिरौती बुझाएर सुरेखा रिहा भएका थिए । ठूला अपराधमा संलग्न रहेका अभियुक्त र हाइप्रोफाइलका व्यक्तिको प्रत्यÔ सरोकार रहेका मुद्दा सुल्झाउन प्रहरी संगठन आफ्नो सबै Ôमता खर्चिएर खटिने भएका कारण फरार अभियक्त पक्राउ पर्न नसकेको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् । सामन्य परिवारभित्र भएका अपराधमा अभियुक्त खोजी केवल औपचारिकता मात्र हुने गरेको छ ।

Post a Comment

0 Comments