Subscribe Us

मुद्दा हारेपछि न्यायधीस बमको हत्या, मुख्य योजनाकार गुण्डाका नाईके बाबु थापा

 काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनसुन्धान ब्यूरोले सर्बोच्च अदालतका न्यायधिस रणबहादुर बमको हत्यामा सगल्न आरोपीतलाई पक्राउ गरी सार्बजनिक गरेको छ । ब्यरोले शनिवार प्रहरी प्रधान कार्यालयमा आयोजीत पत्रकार सम्मेलन मार्फत बम हत्याकाण्डमा सगल्न ४ अभियुक्तलाई पक्राउ पश्चात सार्बजनिक गरेको हो । 

हत्याका मुख्य योेजनाकार सर्लाहीका गुण्डाका नाईके तथा चुरे भाबर राष्ट्रिय एकता पार्टीका तत्कालीन उपाध्यक्ष बाबुृ थापा भएकोे खुलासा भएको छ । 

तत्कालीन समयमा पार्टीका अध्यक्ष रहेका केशवप्रसाद मैनालीलाई न्यायधिस बमले चुरे भाबर पार्टीको  आधिकारिक ब्यक्ति भएको फैसाला गरेपछि बदलाको भाबना राखी थापाले  न्यायाधीश बमको हत्या गरेको ब्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । 

थापाले लामो समय लगाएर योजनाबद्ध तरीकाबाट न्यायाधीस बमको हत्या गरेको प्रहरी समक्ष स्वीकारेको प्रहरीले जनाएको छ । थापाले  शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, भगबान र दीपक कर्णलाई प्रयोग गरी न्यायधीस बमको हत्या गरेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । प्रहरीले थापाका सहयोगीलाईपनि पक्राउ गरेर शनिबार नै सार्वजनिक गरिसको छ । तर सुटर भगवान भनिने सञ्जय इस्माली मगर भने फरार छन् । उनी साउदी अरबमा रहेको प्रहरीले  जनाएको छ ।

न्यायाधीश बमको २०६९ साल जेठ १८ गते बंगलामुखी दर्शन गरेर फर्कनेक्रममा शंखमुलस्थित यूएन पार्कको घाट छेउमा गोली हानी हत्या गरिएको थियो । गोली प्रहारबाट उनका अंगरक्षक महेश गिरी गम्भीर घाइते भएका थिए । रातो पल्सर मोटरसाइकलमा रहेका दुई जनाले बा ८ च ९८५३ नम्बरको सेतो कारमा सवार न्यायाधीश बमको हत्या गरेको थियो । 


को हुन थापा


सर्लाली ३ ढुंग्रेखोला निवासी थापा राजनीतिक आडमा आपराधिक क्रियाकलाप र गुण्डागर्दीमा सगल्न थिए । गुण्डागर्दीको अभियोगमा उनि पटक पटक पक्राउ परेपनि राजनीतिक आडमा छुट्दै आएका थिए । सार्लाहीको हरिवनलाई आधार क्षेत्र बनाएर थापाले पूर्बी तराई क्षेत्रमा आतंक मच्चाउन आएका थिए । ठेक्का पट्टा हत्ता असुली बालुवा खानी तथा जिबीसको करमा थापाको एकाधिकार चल्दै आएको थियो । पार्टीमा थापाले एकाधिकार चलाउन थालेपछि अध्यक्ष मैनालीसँग मन मुटाब बढेको थियो । 

जसका कारण थापाले मैनालीको छोरा समीरलाई हरीवनमा कुटपीटसमेत गरेका थिए । त्याहाबाट मैनाली र थापाबिच पार्टीको बिषयलाई लिएर युद्धसुरु भएको थियो । जुन अदालतसम्म पुगेको हो । मैनालीको छोरालाई आक्रमनपछि प्रहरीले पक्राउ गर्दा थापासँग पेस्तोल बरामत भएको थियो भने घर खान तलासी गर्दा मेशिन गन र गोलीहरु बरामत गरेको थियो । तत्कालिन समयमा हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा जेल चलान भएका थापा आर्धिक चलखेल गरी तिन महिनामै छुटेका थिए । 

फरार रहेका भगबान को हुन ?

 राजधानीमा सुपारी लिई गोली हान्ने तथा खुकुरी प्रहार गर्ने एक अपराधिक गिरोहका सदस्य हुन भगबान । उनि गुण्डाका नाईके सुक्रे लामाका समुहका हुन । लामाको समुहमा एक नम्बर आट भएका रुपमा भगबानलाई लिईथ्यो स्रोतले बतायो । 

सुक्रे लामालाई जेलबाट भगाउने देखी तिनकुनेका पन्चे लामालाई खुकुरी प्रहार गर्ने मुख्य बेक्ति भगबान भएको स्रोतको दाबी छ । उनि संसारमा सबैभन्दा सजिलो र दाम आउने काम मान्छे मार्ने र हान्ने हो भन्ने ठान्थे । उनि पैसाको लागी साना देखि ठूलासम्म सुपारी लिने गर्थे ।

 उनका दुई सहयोगी पनि थिए जसका नाम थियो गोबिन्द र बच्चन कार्की । सुक्रको सुचना प्रहरीलाई दिएपछि बच्चन प्रहरी बने भने गोेबिन्द बेपत्ता भएको स्रोतले बतायो । अहिले बच्चनलेपनि प्रहरीको जागीर छाडेर बिदेशीएका छन् ।


Post a Comment

0 Comments