Subscribe Us

ओलीलाई सत्ता नै प्यारो

काठमाडौं । उखान टुक्का, अन्तरा मुखडा, छेडछाड र तिखो तथा रुखो भाषा शैलीको माध्यमबाट नैं अभिब्यक्ति दिन सिद्धहस्त नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई यतिबेला सहमतिमा संबिधान निर्माण गर्नु भन्दा सत्ताको नेतृत्व लिनु पहिलो प्राथमिकताको बिषय भएको छ ।

१२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र शान्ति प्रकृयालाई भन्दा पनि सत्ता प्राप्तीलाई पहिलो प्राथमिकतामा राखेका एमाले अध्यक्ष एबं संसदीय दलका नेता ओलीको हालैका दिनमा चलिरहेका प्रमुख दलको बैठकमा भएका प्रस्तुतिलाई हेर्दा उनी सत्तामै बढी आसक्त हो कि भन्ने देखिएको छ । 

माघ आठ गते कुनैं पनि हालतमा संबिधान जारी गर्नै पर्छ भनेर जोर जुलुम गर्ने ओलीको कृयाकलाप संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान सहमतिमा आओस् भन्नु भन्दा पनि कुनैं पनि हालतमा जस्तोसुकै भएपनि संबिधान आउनु पर्छ भन्ने मान्यता लिएर अघि बढेका पाइन्छ । 

उमेर, स्वास्थ्य, दोहोर पदिय दायित्व र प्रतिष्पर्धी सहकर्मीको आकांक्षाका कारण चाँडो भन्दा चाँडो सत्ताको बागडोर सम्हाल्न आतुर देखिएका ओली आफुलाई पद लोलुप नदेखाउन आफ्नो आकांक्षा र भावना सभामुख सुभाषचन्द्र नेम्वाङ र उद्योग मन्त्री महेश बस्नेत मार्फत अभिब्यक्त गर्ने गरेका छन् । सत्ताको बागडोर लिन आतुर ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेससँग त के पार्टी भित्रै पनि आन्तरिक छलफल गर्न छोडेका छन् । उनले पार्टी भित्र देखिएको आन्तरिक बिबादलाई केही हदसम्म भएपनि निराकरण गरेर सत्तारुढ घटक कांग्रेसलाई पनि हरेक एजेण्डामा समर्थन गरे झैं देखाएर सत्ता आरोहणको सिँढीमा दुई कदम अघि बढेका छन् । 

आलीले भावनाको प्रतिनिधित्व गर्दै सभामुख सुभाषचन्द्र नेम्वाङले हालै संबिधान लेखनको मस्यौदा आफूलाई गर्न दिनु भन्दै शीर्ष नेतासमक्ष प्रस्ताव गरेर संबिधानसभा, सभासद्, संबिधिानसभाका समिति र नियम एबं निर्देशीकालाई समेत लत्याएर आफुलाई हिरो बनाउन खोजेका छन् । प्रमुख दलका शीर्ष नेता र जनप्रतिनिधिलाई सहमतिको माध्यमबाट संबिधान लेखनको प्रक्रियामा सहजीकरणको भूमिका निर्वाह गर्नु पर्ने सभामुखले बिबादस्पद पक्षपातपूर्ण प्रस्ताव ल्याएपछि उनी संबिधान लेखनको एजेण्डालाई नैं छायाँमा पारेर संबिधान नल्याउने खेलमा क्रियाशित त छैेनन् भनेर आशंका हुन थालेको छ । 

संबिधानसभाबाट संबिधान निर्माण गर्ने प्रक्रिया, समितिको हैसियत, कार्यबिधि र क्रियाकलाप सबै बिषयलाई लत्याएर सभामुखले त्यस्तो खतरनाक एजेण्डा ल्याउनुको पछि एमाले अध्यक्ष केपी ओलीको इसारा नैं काफी भएको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । एमाले अध्यक्ष केपी ओलीलाई खुसी बनाएर आगामी चार बर्षभित्रै मुलुकको राष्ट्रप्रमुख बन्ने सपना बुनेर बसेका सभामुख नेम्वाङले संबिधानसभाको कार्यबिधि र सभासद्को हैसियतलाई समाप्त पार्ने गरी आफुलाई सबै अधिकार चाहियो भनी प्रस्ताव गरेको स्रोतले जनायो ।  संबिधान निर्माण प्रक्रियामा सहमति जुटे पनि नजुटेपनि कुनैं पनि हालतमा संबिधान जारी गर्नुपर्छ भन्दै  सभामुखले कसको वकालत गरेका हुन भनी प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादी सहितका दलहरुले प्रश्न गर्ने गरेका छन् । 

निकट भविश्यको राजनीतिक समिकरणमा आफ्नो स्थान र भूमिका सुनिश्चित गर्न र प्रभावकारी देखाउदै सभामुख नेम्वाङले यथार्थमा ओलीलाई प्रधानमन्त्री बनाउन यतिसम्मको जोखिम मोलेको भन्नको लागि  चाकडीको यो हर्कत गरेको एमाले भित्रैका पदाधिकारीहरुले टिप्पणी गर्ने गरेका छन् । नेम्वाङले एमालेमा पार्टी भित्र र संसदीय फाँटमा बलियो पकड जमाएका ओलीलाई खुसी बनाउन यहाँसम्मको हर्कत गरेर आफुलाई बिबादमा तानेका छन् । सभामुख, प्रधानमन्त्री, उपराष्ट्रति वा उपराष्ट्रपति मध्ये कुनैं पनि पदमा बसेर सत्ताको स्वाद चाखिरहने नेम्वाङको योजनालाई कांग्रेस महामन्त्री एबं नेता कृष्णप्रसाद सिटौलाले भने तुसारापात तुल्याएका छन् । उनले संबिधानसभाका सबै समिति र सभासद्को अधिकार आफुलाई दिएर संबिधानको मस्यौदा लेखनको जिम्मेवारी दिन भनेका थिए । 

शालिन, भद्र, निष्कलंक र इमान्दार प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारको  समयमा संघिय लोकतान्त्रिक नेपालको संबिधान निर्माण भएमा उनी नैं भावि राष्ट्रपतिको रुपमा प्रस्तुत होलान कि भनेर तेर्सिएका नेम्वाङले सहमतिमा भाँजो हाल्ने काम गरेको स्रोतले जनायो । सभामुखले यस्तो तुरुप फ्यालेर सरकार र संबिधानलाई असफल बनाएर आफु मात्र सफल हुन्छु भन्ने भ्रमपूर्ण मान्यता रोखेका कारण माघ आठको मुखमा आएर सभामुखले बिपक्षीसँगको  सम्भावित सहमतिलाई भाँड्ने काम गरेको चार दलका शीर्ष नेताले पनि बुधबार छलफल गरेका थिए । 

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीको पनि भावनालाई समेट्नु पर्छ भनेपछि टाढीएका एमाले शीर्ष नेताको इसारामा सभामुख चल्दा यस्तो परिणाम आएको हो । संबिधान निर्माण प्रक्रियामा सहमति जुटाउन एमाओवादीले प्रयास गरेको भएपनि कांग्रेसले सत्ता साझेदारीको प्रस्ताव गरेपछि कांग्रेस र एमाओवादीको एकता, सहकार्य वा साझेदार हुन सक्छ भन्ने भयका कारण  एमालेबाट सभामुख भएका नेम्वाङले यस्तो प्रस्ताव गरेको कांग्रेस र एमाओवादीको निष्कर्ष रहेको छ । शान्ति प्रक्रियाका दुई मुख्य पक्ष वा शक्तिबीच भविश्यमा हुन सक्ने  सहमतिबाट सत्ता समिकरणको रणनीतिले एमाले बाईपासमा पर्ला भन्ने मनोरोगले प्रभावित भएका नेतालाई संवोधन गर्न उनले यसतो प्रस्ताव गरेका् हुनसक्ने राजनीतिक बिश्लेषकहरु बताउँछन् । 

माओवादीलाई सत्ता समिकरणबाट अलग्याएर कांग्रेससँग सँधै घुक्र्याएर खान र अवसरर लिन पल्किएको एमालेको संस्थापन पक्षको प्रवक्ताको रुपमा प्रस्तुत हुने युथ फोर्सका पूर्ब अध्यक्ष महेश बस्नेतका हालैका अभिब्यत्तिले पनि एमाले नेतृत्व संबिधान निर्माणका कति उदासिन रहेछ भन्ने प्रश्ट हुन्छ । 

ओलीलाई कुनैं पनि हालतमा प्रधानमन्त्री बनाउन संबिधानसभामा संबिधानका बिषयमा दुई दलका साझा अबधारणा जबर्जस्ती भएपनि प्रबेस गराउने र केपी ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा उद्योग मन्त्री महेश बस्नेतले यतिबेला खुलमखुला वकालत गर्न थालेका छन् । नेम्वाङ कुनैं पनि हालतमा संबिधान ८ माघमा जबर्जस्ती भएपनि ल्याउने भन्दै अभियानमा जुट्नु र उद्योग मन्त्री महेश बस्नेतले ८ माघ पछि केपी शर्मा ओली कुनैं पनि हालतमा प्रधानमान्त्री बन्ने भन्दै हिंड्नुलाई कांग्रेसका शीर्ष नेताले संयोग मानेका छैनन् । दुबै सत्ताको स्वाद लिइरहेका बहालवाला ब्यक्तित्व नेम्वाङ र बस्नेत एमाले नेता ओलीका बिश्वास पात्र हुन् । 

शुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री भएर झण्डा हल्लाउने तर उसैको नेतृत्वको सरकार अब रहन्न भन्दै हिंड्ने मन्त्री बस्नेतले यस्तो अभिब्यक्ति दिने आड र भरोसा उनै ओलीबाट पाएका हुन् भन्नेमा अत्युक्ति नहोला । युथ फोर्सको अध्यक्षको हैसियतले देशब्यापी मसल, मनी र मुन्द्रे डनलाई खेलाउँदै हिड्ने गरेको आरोप खेपीरहेका उनै बस्नेतलाई ओलीले कुनैं बेला ‘कलियुगको कृष्ण’ भनी  उपनाम दिएका थिए । पार्टी केन्द्रीय सदस्य र संबिधानसभा निर्वाचनमा पराजित भएपनि पार्टी अध्यक्ष ओलीको मन मस्तीष्कमा बिजयी प्राप्त गर्न सफल बस्नेतको अभिव्यक्तिबाट पनि ओली संबिधान निर्माणलाई लत्याएर सत्ता प्राप्तीको खेलमा क्रियाशिल भएको प्रष्ट हुन्छ । 

 प्रमुख दलका शीर्ष नेतालाई कहिले के त कहिले कुन बिषयमा ब्यङ्ग्य, छेडछाड, आरोप र गाली गरेर कांग्रेसलाई आफ्नै भातृ संस्था झैं खेलाउन सक्छु कि भन्ने ओभर कन्फिडेन्स पालेर बसेका ओली र उनको गुटलाई एमालेकै अन्य शीर्ष नेताले भने साथ नदिने प्रष्ट छ । कांग्रेसले हर हालतमा सत्ता सझेदार भएको हैसियतले समर्थन गरिहाल्छ भनेर इमान्दार र सोझो स्वभावका प्रधानमन्त्री शुसील कोइरालाको सदसयतालाई कमजोर ठानेका एमाले अध्यक्ष ओलीले कोइरालाको प्रस्ट अडान त्यसबेला थाहा पाए जुन बेला कोइरालाले नेम्वाङको प्रस्तावलाई ठाडै अश्विकार गरे ।
 
संबिधानका बिबादित बिषयमा बुँदागत छलफल गर्नु भन्दा कुन दलका कुन नेता कस्ता र कुन दलले कुन जातिलाई उचाल्यो भन्दै छेडछाड गर्नमै बढी मन पराउने ओलीलाई एमालेका शीर्ष नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले त्यतिकै साथ देलान जस्तो छैन् । 

उनीहरुले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शुसील कोइरालाको नेतृत्वको सरकार लोकतान्त्रिक संबिधान निर्माण भएपछि मात्र परिबर्तन हुने भनी प्रस्ट पारिसकेका छन् । उनीहरुले माघ ८ गतेको समयसीमा तलमाथि भएपनि कोइराला नेतृत्वको सरकारले संबिधान जारी गरेपछि मात्र सरकार परिबर्तन हुने वताउँदै आएका छन् । एमालेका पूर्ब अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री नेपाल र खनाल दुबैले ओली अध्यक्ष भए आफुहरुले भावि राष्ट्रपतिको सपना बुन्न पाउने कि नपाउने भन्ने दोधार मनस्थिति पालेर बसेका छन् ।

Post a Comment

0 Comments