Subscribe Us

दुई किलो सुन बरामतले तातोपानीमा तनाव


काठमाडौं । गत मंशिर २९ गते तातोेपानी नाकाबाट नेपाल भि¥याउदै गरेको दुई किलो सुन बाह्बिसे प्रहरीले बरामत गरेपछि तातोपानी क्षेत्रमा हलचल मच्चिएको छ । सुचना आठकिलोको आएपनि प्रहरी अप्रेशनमा दुई किलोमात्र बरामत भएपछि ६ किलोे सुन कता गायप भयो भनेर हलचल मच्चिएको हो । 

क्यारिङवालाले आठ किलो सुन भरियालाई दिएपनि भरियासँग प्रहरीले दुई किलोमात्र बरामत गरेपछि अहिले चिनीयाँ सुन तस्करले क्यारिङवाला, भरिया र प्रहरीकै मिलोमतोे भएकोे दाबीकासाथ क्यारिङवालालाई ज्यानमार्ने धम्की दिएको तातोपानी क्षेत्रमा चर्चा चलेको छ । 

दुईकिलो सुनसहित पक्राउ परेका लिस्ती ७ का भरिया सोनाम तमाङले आफूले बोरामा आठकिलो नै हालेको तर बरामत हुदा प्रहरीले दुई किलो देखाएको भन्दै आफ्नो ढाकछोप गर्न थालेका छन् । भरिया तमाङ भन्सार कार्यालयलको आदेशले हाल कारागार सिन्धुपाल्चोकमा रहेका छन् । भन्सार कार्यालयले अनुसन्धानमासमेत कुनै बयान नलिई रेडीमेट कागजातमा सहिछाप गर्न लगाएको दाबी आफ्नो परिवारलाई बताउन थालेका छन् । 

स्रोतका अनुसार सुचना आठकिलो आउने बरामत दुई किलोमात्र हुने र भरियासँग कुनै बयान नलिनु तथा राजश्वले सुनका असली मालिकलाई पक्राउ गर्न नखोज्नुले सुन आठकिलो बरामत भएपनि प्रहरी राजश्वका कर्मचारीको मिलोमतो ६ किलो सुन लुकाएको दाबी गरेको छ । तर ईलाका प्रहरी कार्यालक बाह्बिसेका ईच्चाज प्रहरी निरक्ष्ँक मन्जिल मुकारुङले सुचना आठकिलो भएको र्आपनि सुनभने दुई किलोमात्र बरामत भएको बताएका छन् ।

 प्रहरी स्रातका अनुसार भरिया तमाङकै मिलोमतोमा  ६ कलो सुन लुकाएर  दुई किलो पक्राउ गराउन प्रहरीलाई सुचना दिएको दाबी गरेको छ । यस अघिपनि सुन क्यारीङवाला र भरीयाको मिलोमतोमा पक्राउ पर्ने तथा लुटीने गरेको प्रहरीको दाबी छ । पटक पटक बरामत भएको सुन तथा बेला बेलामा लुटेराको समुहले लुट्ने गरेको सुनका सुराकी क्यारिङवाला तथा सुन बोक्ने भरीया आफै भएको प्रहरीको अनुसन्धानबाट खुलासा हुने गरेको उच्च प्रहरीस्रोत बताउछ । पाट्नरसिपमा कुरा नमिल्दापनि सुनको सुराकि आउने गरेको प्रहरीस्रोतको दाबी छ । 

नेपालको कमजोर कानूनको फाईदा उठाउदै सुन क्यारिङको जिम्मा लिएको क्यारिङवाला तथा केहि पैसाको लोभमा सुन बोक्नेले प्रहरीलाई र लुटेरालाई आफै सुचना चुहाउन गर्ने गरेको बेला बेलामा बरामत सुन लुटीएको सुनले पुष्टि गर्न थालेको छ । दैनिक सय किलो सुन खासाको नाकाहुदै नेपालको स्थलमार्गको प्रयोेग गर्दै तस्करहरुले भारत पु¥याउने गरेका छन् । क्यारिङवालाले एक किलो सुन काठमाडौं पु¥याएबापत एक लाख लिने र भरियालाई २५ हजार दिने गरेको स्रोत बताउछ । 

अबैध सुन ओसार पसामामा पक्राउ परेका भरीयालाई सुन क्यारिङको जिम्मा लिएका तस्करले पक्राउ गरेबापत २५ लाख दिने गरेको तातोपानीमा चर्चा छ । सुनसहित पक्राउ परेका भरियालाई नेपालको कानूनले जतिसुकै जरिवाना गरेतापनि ४ बर्ष कैद भोग्नु पर्छ । जसका कारण चलाख भरियाले क्यारिङवालाले दिएको सुनमा आधा पहिलानै निकाली बा“कि सुन पक्राउ गराउने तथा लुटाउने गरेको प्रहरीको दाबी छ । यस्तै क्यारिङवालाले पनि सुनका मालिकस“ग लिएको परिणाम सुन मध्य आधा भरियालाई दिएर प्रहरीलाई आफै मार्फत सुनको जानकारी गराउने गरेकोसमेत प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 

दुईसाता अघिपनि भक्तपुरको जगातीमा बरामत भएको २३ किलो सुनपनि पाट्नरसिपमा कुरा नमिल्दा प्रहरीको हाता लागेको स्रोतको बताउछ । सुन ३५ किलोको परिमाणमा भएपनि प्रहरीको हातभने २३ किलोमात्र लागेको थियो ।  गत महिना काभ्रेको पा“चखाबाट लुटेराको समुहले लुटेको ३६ किलोसुनपनि भरिया भनेको सवारी चालको मिलोमतोमा लुटीएको हो । चालक जङबहादुर बिश्वकर्माले लुटेरा समुहस“ग मिलोमतो गरी ३६ मध्य ३० किलो पहिलानै लुकाएर ६ किलोसुन लुटाएर ३० किलोसुन पचाउन सफल भएका छन् । 

सुन लुटीएको तिन दिनपछि चालक बिश्वकर्मा आफू अपहरणमा परेको नाटक मच्चन गर्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका पुगेका थिए । त्यसतै दुई साता अघि जोरबाटी आरुबारीबाटपनि क्याङिवाला वा भरियामध्य एकको मिलोमतोमा १० किलोसुुन लुटीएको छ । भरिया जास्क भन्ने कुलमान लामा तथा क्यारिङवाला टेब्बो लामाको मिलामतोमा सुन लुटीएको भन्दै नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरो (सिआबि)ले दुबैलाई नियन्त्रमा लिएर अनुसन्धान थालेको छ । पक्राउ परेका दुबैले एकले अर्कालाई दोष लगाउने गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

Post a Comment

0 Comments