Subscribe Us

ठेक्का पट्टामा गुण्डा परिचालन गर्दै संघका अध्यक्ष्ँ लामा,
प्रहरीलाई १ गुुण्डालाई ३ प्रतिशत कमिशन

काभ्रे । सिचाँई डीभीजन कार्यालय अन्तर्गत काभ्रेमा सुक्रवार भएकोे दुई करोेड २० लाखको टेण्डर गुण्डागर्दीको आडमा कथित ठेकदारले हाता पारेका छन् । प्रशासनको मिलोमत्तोमा जिल्लाका निमार्ण व्यावसायी संघका अध्यक्ष चन्द्र लामाकोे आदेशमा गुण्डाको समुहले अन्य ठेकदारलाई फर्म दर्ता गर्ने रोेक लगाई ठेक्का हाता पारेका हुन । 

दुई महिना अघि काभ्रे निमार्ण व्यायसायीको अध्यक्ष बनेका चन्द्र लामाले काभ्रेका अधिकाम्स गुण्डा, प्रहरी र राजनीतिक आडमा गुण्डा परिचालन गर्दै ठेक्का कब्जा गर्न थालेका छन् । सुक्रवार ठेक्का दर्ता गर्न पुगेका ठेकदारलाई सुरक्ष्ाँको लागी खटिएका प्रहरीले समेत ठेक्का दर्ता गर्ने सघंको चिट लिएर आउने भनेपछि अन्य ठेकदारहरु छांगाबाट खसेका थिए । दुई दर्जको हाराहारीमा फर्म बिक्रि भएपनि गुण्डा र प्रहरी प्रशासनको कारण सेटिङ मिलाएर तिन वटामात्र फर्म दर्ता भएको एक ठेकदारले बताए । 

कार्यालयमा फर्म दर्ता गर्न नपाएका अन्य ठेकदार जिल्ला प्रशासन कार्यालयमा पुगेर फर्म दर्ता गर्ने नपाएकोे र सिडीयोे कार्यालयबाट नै फर्म बुझनु प¥योे भन्दा जिल्ला प्रमुख केदार न्यौपानेले वास्ता नगरेको पिडीत ठेकदारले आरोप लगाएका छन् । सघंका अध्यक्ष लामाको सेटिङमा तिनवटामात्र फर्म दर्ता भएको छ, हामी यसबिरुद्ध अख्तियार जान्छै एक पिडीत ठेकदारले अपराध खबरलाई बताए । 

तर सघंका अध्यक्ष लामाले भने बिक्री भएको सम्पूर्ण फर्म दर्ता भएको तथा सबै ठेकदारले फर्म दर्ता गरेको अपराधखबरलाई बताएका छन् । बिक्री भएको गत महिना प्रहरीको भबन बनाउने ठेक्कामासमेत लामाले प्रशासनलाई आर्धिक प्रभाबमा पारी १ करोड ७० लाखको ठेक्का आफू निकटलाई दिलाउन सफल भएका थिए । उक्त कामपनि दुई दर्जन भन्दा बढी ठेकदारले काम लिन खोजेपनि लामाको दबाबले फर्म दर्ता गर्न सकेका थिएन् । 

लामा युर्बा सघंका केद्रिन्य सचिवालय सदस्यसमेत हुन् ।  स्रोतका अनुसार लामाले १५ प्रतिशत पैसा सघंमा जम्मा गर्ने ठेकदारलाई ठेक्का दिलाउन आफ्नो सबै शक्तिको प्रयाग गर्न थालेका छन् । केहिसमय देखी काभ्रेको ठेक्का पट्टामा अन्त भएकोे गुण्डागर्दी लामा सघंको अध्यक्ष भएदेखी  पुनः मौलाएको ठेकदारहरु नै बताउन थालेका छन् । लामा निमार्ण व्यावसायीको अध्यक्ष हुन अगाडी ठेक्का पट्टामा गुण्डागर्दी गरेको आरोप प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । 

डिउटीमा खटिएका प्रहरीलाई मुख छाडेपछि तत्कालिन समयमा उनि प्रहरीको खोरमा पुगेका थिए । तर राजनीतिक दबाबका कारण उनि सोही दिन थुना मुक्त भएका थिए । ठेक्का लिने ठेकदारबाट लिएकोे १५ प्रतिशत रकम मध्य लामाले प्रहरीलाई १ प्रतिशत, गुण्डालाई ३ प्रतिशत, सिडीयो कार्यालयलाई १ प्रतिशत, फर्म खरिद गरी दर्ता गर्न नपाएका ठेकदारलाई २ प्रतिशत, पार्टीको नामा २ प्रतिशत, र बा“कि ६ प्रतिशत सघंका पदाधिकारीले भागशान्ती गर्ने गरेको एक ठेकदारले बताए ।  

Post a Comment

0 Comments