Subscribe Us

३० दलिय मोर्चाको बन्दमा ३० सवारी साधानमा क्षेती,
७ हजार रुपैयापनि लुटे बिद्यार्थिको कपिपनि छाडेनन्

काठमाडौंको चाबहिलमा बन्द निया¥दै एक बालक
काठमाडौँ । एनेकपा माओबादीसहित ३० दलिय मोर्चाले गरेको मंगलवारको नेपाल बन्दमा १२ वटा सवारी साधान जलाउनुका साथै १८ वटामा तोडफोठ भएको छ । 

बन्दकोक्रममा काठमाडौँमा १२, ललितपुरमा २, भक्तपुरमा १, चितवनमा ३, सिराहामा १, झापामा १, मकवानपुरमा २, कास्कीमा ४, बाँकेमा २, महोत्तरीमा १ र डडेलधुरामा १ गरी ३० सवारी साधनमा आगजनी तथा तोडफोड भएको प्रहरीले जनाएको छ ।

 त्यसतै बन्दकर्ताले पर्सा बीरगंज उपमहानगरपालिका(१० स्थित जिल्ला हुलाक कार्यालय, लोक सेवा आयोगद्धारा लिईने नायव सुब्बा पदको फाराम बितरण तथा दर्ता कार्य भइरहेको अबस्थामा बन्दकर्ताहरुले २ थान टेबुल र ३ वटा झ्याल तोडफोड गरी फारम दस्तुरबापतको रकम ७ हजार १ सय रुपैयाँसमेत लुटेको प्रहरीले जानकारी गराएका छन् । सप्तरीको एमाले पार्टी कार्यालयमासमेत बन्दकर्ताहरुले लुकिछिपि ताला फोडी भित्र प्रवेश गरी कागजपत्र, ४र५ वटा कुर्सि र १ वटा दराजमा आगजनी गरेका छन् । 

आगजनीबाट कार्यालयका फर्निचरहरु सामान्य जलेको प्रहरीले बताएको छ । यसैगरी बाँके नेपालगंज उपमहानगरपालिका(१७ स्थित वेष्ट बोडिंङ स्कुलमा एसएलसीको आन्तरिक क्लास चलिरहेको अबस्थामा बन्दकर्ताहरु आएर ५ थान कपि खोसेर लगेका छन् ।

Post a Comment

0 Comments