Subscribe Us

अत्याधुनिक हतियारसहित दुई पक्राउ

काठमाडौँ ।  सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौँको बागबजारबाट आज अत्याधुनिक हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको महेन्द्रनगर गाविस–८ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २५ वर्षीय सागर थापा र रौतहट जिल्लाको रङ्गपुर गाविस–५ घर भई काठमाडौँ बागबजार बस्ने २८ वर्षीय युवराज तिमल्सिना क्षेत्री छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले इटालियन पेस्तोल एक थान, नाइन एमएम पेस्तोल एक थान तथा सोको एक राउन्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ गरेको हो । बरामद दुवै पेस्तोल अटोमेटिक हुन् । दुईवटामध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो ।

विशेष सूचनाका आधारमा एपिएफ टोलीले निजहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहितै आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाइएको छ । रासस

Post a Comment

0 Comments