Subscribe Us

निर्माण व्यवसायलाई गुण्डागर्दी मुक्त बनाइनुपर्छ: उद्योग मन्त्री

काठमाडौं । उद्योग मन्त्री महेश बस्नेतले निर्माण व्यवसायमा देखिएका गुण्डागर्दी र अनियमितता अन्त्य गर्न आग्रह गरेका छन्।
आज उद्योग मन्त्रालयमा निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले भन्नुभयो 'गुण्डागर्दीको स्रोत नै निर्माण व्यवसाय बन्ने गरेको छ। यहाँ देखिएका गुण्डागर्दी र अनियमितता रोक्न हामी लागिपरेका छौ। सामूहिकरुपमा पहल गरौँ म साथ दिन तयार छु।'
मन्त्री बस्नेतले नयाँ बन्ने औद्योगिक ऐनमा निर्माण व्यवसायलाई राष्ट्रिय प्राथमिकता उद्योगको रुपमा राख्न लागिएको जानकारी दिँदै उद्योगको फराकिलो र नयाँ परिभाषा दिन मन्त्रालय लागिपरेको उल्लेख गरे।

उद्योगको विकास र प्रवद्र्धनका लागि स्थानीय विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय र वातावरण मन्त्रालयबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उहाँले उद्योग व्यवसायको क्षेत्रमा देखिएका कानुनी जटिलता र ऐन नियममा भएका प्रावधानलाई हटाइने प्रतिवद्धता जनाए।
निमार्ण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोलीले उद्योग मन्त्री बस्नेतलाई निर्माण व्यवसायलाई उद्योगको रुपमा स्थापित गरिनुपर्नेलगायतका मागसहितको ज्ञापनपत्र बुझाएको थियो । रासस

Post a Comment

0 Comments