Subscribe Us

नियमको धज्जी उडाउदै आईजीपी अर्याल

काठमाडौं । प्रहरी महानिरीक्ष्ँक उपेन्द्रकान्त अर्याल बाहिर निकै चर्का कुरा गर्छन् । एक रुपैयाँ घुस नखाने र सरुवामा सोर्सफोर्स समेत नचल्ने बताएर आदर्शका गफ दिन्छन् । तर, उनै अर्याल आईजीपी भएपछि प्रहरीमा सोर्सफोर्स हुनेले जे पनि गर्न सक्ने र सोर्सफोर्स नहुनेहरुले प्रहरीको कानुन आईजीपीले जानुन भन्दै पुर्परामा हात राख्दै चिच्त बुजाउने अवस्था सिर्जना भएको छ । 

अर्याल आईजीपी भएसँगै पुराना केही राम्रँ नियमहरु तोडिएका छन् । नेपाल प्रहरीमा अनपोल(यूएन पुलिस) शान्ति मिसनमा गएर फर्किएकाहरुलाई उपत्यका बाहिर सरुवा तथा पदस्थापन गर्ने नियम छ । तर अर्याल आईजीपी भएपछि उक्त नियमको धज्जी उडाइएको  छ । सोर्सफोर्स भएकाहरु मिसनबाट फर्किएलगत्तै उपत्यकाकै आकर्षक कार्यालयमा मस्ती गर्न पाउने भएका छन् । अहिले आईजीको चाडकी गर्नेहरुले मिसनबाट फर्किएलगत्तै आकर्षक ठाउँ पाउन थालेका छन् । 

दुई महिनाअघि मात्र हाइटी मिसनबाट फर्किएका डिएसपी दानबहादुर कार्कीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रमुख बनाइएको छ । डिएसपी यून शाखामा हुँदा स्याट परिक्षा पास नै नगरी मिसनमा गएका थिए । हाइटीबाट फर्किएपछि पनि उनले उपत्यका छाड्नु परेन । दुई महिनामै वृत्तको इन्चार्ज पाइसकेका छन् । जबकी यसअघि उनले डिएसपीमा इलाका प्रहरी कार्यालय बुटवलमा पनि मस्ती गरीसकेका छन् । 

उनको ब्याचका कतिपय डिएसपीहरुले एकपटक पनि इन्चार्ज पाएका छैनन् । त्यस्तै सुडान मिसनबाट फर्किएका अर्का डिएसपी कृष्ण कोइरालालाई अपराध महाशाखा जस्तो आकर्षक  कार्यालयमा सरुवा गरिएको छ । अर्याल अपराध महाशाखामा कार्यरत रहँदादेखि नै उनीहरुबीच साँठगाँठ रहँदै आएको छ । डिएसपी हृदय थापालाई पनि लाइबेरिया मिसनबाट फर्किएलगत्तै प्रबन्ध शाखामा अर्यालले राखेका थिए । थापा अहिले पनि प्रबन्ध शाखामै छन् । 

त्यस्तै इन्सपेक्टरहरु भिष्म हुमागाई र रेशम पराजुली पनि मिसनबाट फर्किएपछि उपत्यका बाहिर जानु परेन । उनीहरुलाई सिआईबीमा राखिएको थियो । हालै डिएसपी भएका यादबराज उप्रेती पनि हाइटी मिसनबाट फर्किएलगत्तै सिआईबीमा हाजिर भएका थिए । सोर्सफोर्स नुहने प्रहरीहरुलाई भने दुर्गममा लखेटिने गरेका छन् । अर्याल आईजीपी भएपछि यस्तो प्रवृत्ति सुरु भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

Post a Comment

0 Comments