Subscribe Us

५० हजार घुस खाने डीएसपीलाई ५० हजार धरौंटी

काठमाडौं । घुस लिदा लिदै अख्तियार दुरुप्रयोग अनुसन्धान आयोेगको फन्दामा परेका नेपाल प्रहरीका डीएसपी रमेशकुमार तमाङलाई बिषेश अदालतले ५० हजार धरौंटी माग गरेकोे छ । सोमवार थुनेछेक आदेश गर्दै बिषेश अदालतले डीएसपी तमाङलाई ५० हजार धरौंटी माग्ने आदेश गरेको हो । अदालतबाट माग भए बमोजिमको  धरौंटी राखी तमाङ सोमवार नै रिहा भएको अदालतका रजिष्टार नातिवावु लामिछानेले अपराध खबरलाई बताए । 

तमाङ अदालतको तारेखमा रहेको लामिछानेले जानकारी दिए । गत ८ मागमा बानेश्वरस्थित होटल एभरेष्टबाट डीएसपी तमाङलाई अख्तियारको टोलीले सेवा ग्राहीसँग घुस लिदै गरेको अबस्थामा रंगेहात घुस लिएको रकमसहित पक्राउ गरेको थियो । उनले मुद्दा दर्ता गर्नकै लागी ५० हजार घुस लिएको आरोप आयोेगले लगाएको छ । तमाङ महानगरी प्रहरी बृत बानेश्वका प्रमुख थिए । 

अख्तियारले तमाङलाई पक्राउ गरेपछि उनको ठा“उमा डीएसपी दानबाहादुर कार्की पुगेका छन् । बानेश्वर बृतमा खटिए देखीनै तामाङले असुली धन्दालाई तिर्ब पारेको समाचार सार्बजनिक भएपछि उनिमाथी अख्तियारले निकरानी बढाएको थियो । डीएसपी तमाङले सरुवा भएर आएको एक महिना नबित्दै असुली गर्न थालेको आरोपसमेत लागेको थियो । कुष्ण्ँ टाउर अगाडी रहेको मायालु दोहोरीको सञ्चालक बाबुरामले असुली गर्न तमाङलाई सहयोग पुर्याएको चर्चा त्यसताका बृतमा चलेको थियो । रातको १२ बजे बन्द हुने रेष्टुरेन्टहरु तमाङले आधा घण्टाबढी संञ्चालन गर्न दिएका दिएर मासिक उठाउन थालेपछि बृत्तका प्रहरीसमेत रुष्ट बनेका थिए ।

दोहोरीका मालिक बाबुरामले बानेश्वर क्षेत्रका दोहोरी, डान्स रेष्टुरेन्ट, क्याबिन, गेष्टहाउस जस्ताबाट मासिक मिलाईदिने सहमत भएको बानेश्वर क्षेत्रका व्यावसायी बताउछन् । महिनाको ५ हजार देखि २० हजारसम्म एक रेष्टुरेन्टबाट पाउने सहमतिपछि डीएसपी तमाङले बानेश्वरमा हुने आपराधीक गतीबिधीलाई समेत आँखा चिम्लीने गरेको बृत्तका प्रहरीनै बताउछन् । डिउटीमा खटिएका प्रहरीले १२ बजेपछि रेष्टुरेन्ट बन्दगर्ने निदेशन दिदाँ रेष्टुरेन्ट सञ्चालकहरु प्रहरीको मुखमुखै लाग्दापनि डीएसपी तमाङले कारबाहिको दायरमा नल्याउदा बृतका प्रहरीको मनोबलसमेत गिरेको थियो, एक प्रहरी अधिकृतले बताए ।

Post a Comment

0 Comments