Subscribe Us

श्रीमतीलाई सम्मान गर्दै लोकमान, अख्तियार दिबस कि लोकमान ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री सुशील कोइलालाले असन्तुष्टि जनाएका छन् । व्यक्तिगत रिसिइवीका आधारमा कतिपय व्यक्तिमाथि अख्तियारले दुःख दिने गरेकोप्रति राष्ट्रपति डा. यादवले असन्तुष्टि जनाएका हुन् ।
 
बुधबार आयोगको वार्षिकोत्सव कार्यक्रममा डा.यादबले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संख्यात्मक भन्दा गुणात्मक अनुसन्धान गर्न सुझाव दिए । काम देखाउन अख्तियारले जभाभावी मुद्दा चलाउने गरेको गुनासो सुनेपछि डा.यादबले गुणात्मक अनुसन्धानमा लाग्न सुझाएका हुन् । त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले पनि अख्तियारले साना कर्मचारीलाई मात्र पक्राउ गरेकोमा असन्तुष्टि पोखेका थिए । प्रधानमन्त्री कोइरालाले ठूला माछा समाउन नसकेको भन्दै दिएको अभिव्यक्तिप्रति प्रमुख आयुक्त कार्कीले ठूला माछा समाउन समुन्द्र देखाइदिन आग्रह गर्दै उल्टै आफ्नो बचाउ गरेका थिए । उता वार्षिकोत्सव मनाउने नाममा अख्तियारले नै सुशासनको धज्जी उडाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा आयोगले लाखौं रुपैया“ खर्च गरेको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर आयोगले वार्षिकोत्सव कार्यक्रम मनायो । यसअघि अख्तियारले कहिल्यै पनि आफ्नो कार्यालय भन्दा बाहिर वार्षिक उत्सव कार्यक्रम गरेको थिएन । पुलिस क्लब पुलिस दिवसमा भन्दा धेरै सिंगारिएको थियो । सांस्कृतिक कार्यक्रम सहित अख्तियारले फजुल खर्च गरेर कार्यक्रमको आयोजना गरेकोमा सरकारी कर्मचारीहरुले नै आश्चर्य व्यक्त गरेका थिए ।अख्तियार स्रोतका अनुसार एआईजी विरेन्द्रबाबु श्रेष्ठ र एसपी भरत शर्माको डिजाइनमा लोकमानलाई खुसी बनाउन प्रहरी दिवसमा भन्दा बढी तामझाम देखाइएको थियो ।

प्रहरीको बाजागाजासहित विहान प्रभातफेरी कार्यक्रम गर्दा मानिलिउ यो दिवस अख्तियारको नभई प्रहरीको जस्तो देखिन्थ्यो । त्यसै त अख्तियारलाई फौजी संगठन बनाउन आरोप लागिरहेका बेला लोकमानले आफ्नो शक्ति समेत देखाएका छन् । कार्यक्रममा राष्ट्रसेवक कर्मचारीलाई बोलाएर उनीहरुकै धज्जी उडाउने गरी नाटक प्रदर्शन गरिएको थियो । नाटक हेर्न राष्ट्रपति र प्रधानमन्त्री नबसेपनि गृहमन्त्री बामदेव गौतम र एमाले नेता झलनाथ खनाल भने कुरेरै बसेका थिए ।

अख्तियारले पैसा दिने, प्रहरीले समात्ने र सरकारी कर्मचारीलाई थुन्ने जस्तो नाटक प्रदर्शन गरिएकोप्रति त्यहां   उपस्थित सरकारका सचिवहरुले नै कर्मचारीहरुको मनोबल गिराएको भन्दै कानेखुसी गरेका थिए ।त्यस्तै आफ्नै, श्रीमती सुनिता कार्किलाई सम्मान गरेर लोकमानले कानुनको खिल्ली उडाएको भन्दै कर्म चारीहरु  कानेखुसी   गरेका थिए । जबकी उनकी श्रीमती कुनै राष्ट्रसेवक कर्मचारी होइनन र उनको भष्टाचार नियन्त्रणमा कुनै भूमिका नै नभएको अख्तियारकै कर्मचारीहरु बताउँछन्  । कार्यक्रममा  नामै नसुनिएका पत्रकारलाई सम्मान गरिएको थियो ।
यूनाइटेड पोस्ट साप्ताहिक

Post a Comment

0 Comments