Subscribe Us

डीएसपी बढुवापनि बिबादित,
कार्यसम्पादन मूल्याङकन भन्दा चाकडी र चलखेल नै शक्तिसाली

काठमाडौं । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले संगठनकोे लागी उल्लेखेनिय काम  केही गर्न नसके पनि प्रहरीहरुको सरुवा र बढुवा गर्न भने अग्रस्थान मै छन् । आईजीपी भएको ढेड बर्ष हुन लाग्यो तर अर्यालले प्रहरी संगठनको लागी दुरदर्शी काम भने केही नगरेपनि आफ्नो चाकडी गर्ने लाई काखा र अरुलाई पाखा भने लगाउन छाडेका छैनन् । 

एक महिना अघि भएको एसएसपी बढुवा होस वा दुई दिन अघि भएका ३५े डीएसपीको तथा सुक्रवार भएको ३८ ईन्सपेक्टरको होस बिबाद रहित भने रहेन । कार्यसम्पादन मूल्याङकनको कुनै मतलब नगरी आईजीपी अर्यालले आफू निकट तथा आफ्ना गुटमा परेकालाई बढुवाको सिफारिस गर्दा संगठनकोे लागी मरिमेट्ने प्रहरी अधिकृतको मनोबल गिरोहको एक अधिकृतले बताए । प्रहरी निवाबली भन्दा आईजीपी अर्यालले प्रहरी संगठन आफ् अनुकुल सञ्चालन गर्न थालेको आरोपसमेत लाग्न थालेको छ । सुक्रवार भएको डीएसपी बढुवाको सिफारिसमा पर्ने अधिकाम्स ईन्सपेक्टर  जागीर खाएदेखी प्रधान कार्यालय नछाडेका नामले सुचि भरिएको छ । अधिकाम्स इन्सपेक्टर भ्याली बाहिर नगएका तथा प्रधान कार्यालयमै एउटा ढोकाबाट आर्को ढोका चार्नेले मौका पाएपछि दुर्गममा खटिएर देशको सेवा गर्ने ईन्सपेक्टरहरु निराश भएका छन् ।

 हाकिमको चाकडी र नेताकोे दैलो धाएकै भरमा डीएसपी सिफारिसमा परेको आरोप सिफारिसमा नपरेका एक अधिकृतले दाबी गरे । इक्सपेक्टर बढुवामा मोटो रकमको चलखेलसमेत भएको प्रधान कार्यालयमा चर्चा चलेको छ । बुधवार भएको डीएसपी बढुवाको बिबाद अन्त नहुदै सुक्रवार इन्सपेक्टर बढुवाको बिबादले प्रधान कार्यालय हल्लीएको छ । अधिकाम्स उच्च प्रहरी अधिकृतलेसमेत इन्सपेक्टर बढुवाकोे सुचिलाई चिच्त बुजाएका छैनन् । आईजीपीकोे सचिवालएमा बसेका गौतम केसी एक नम्बरमा बढुवा भएपछि चाकडीबाद सुरु भएकोे पुष्टि भएको छ ।

 गौतम अधिकाम्स समय भ्यालीमै बिताएका प्रहरी अधिकृत हुन् उनले कुनै त्यसतो काम गरेका छैनन् जसले उनलाई एक नम्बरको लागी योग्य बनाओस । भाबी आईजीपीको लागी हेरीएका डीआईजी नवराज सिलवाल र एसएसपी रमेश खरेललाई काठमाडौंमा हिरो बनाउने तथा सफल प्रहरी अधिकृतको नाममा चिनाउन उल्लेखीनीय भूमिका खेलेका इन्सपेक्टर कुमोद ढुंगेललाई भने आइजीपी अर्यालले बढुवा सुचिको अन्तमा झुण्डाएका छन । हाल अपराध महाशाखा हनुमान ढोकामा कार्यारत ढुंगेलको मेहनतले एसएसपी पुस्कर कार्कीलाई सफलताको सिंडीमा पुर्याएको छ । 

०६१ साल मा नेपाल प्रहरीमा प्रबेश गरेदेखी प्रधान कार्यालय नछाडेका इन्सपेक्टर मोहन कुमार थापाको नाममा बढुवा सुचिमा परेपछि प्रहरीको निवाबली फेल खाएको छ । भने आईजीपीको मनोमानी प्रहरी संगठनमा मौलाएको छ । डीआईजी प्रक्ररणमा सर्बोच्च अदालतको आदेशको अबज्ञा र प्रहरी निवाबलीको धज्जी उडाउदै आइजीपी अर्यालले प्रहरी ईन्सपेक्टरको बढुवा सिफारिस गरेको आरोप लागेको छ । इन्सपेक्टर बढुवाको सुचिमा आईजीपीको सचिवालयमा बसेर काम गर्नेहरु अग्रस्थानमा छन् भने दुर्गम र पाहाडी तथा तराईका जिल्लाहरुमा काम गर्नेहरु बढुवाको सुचिमा अटाएनन् । 

०६१ सालको व्याचबाट गौतम केसि एक नम्बरमा बढुवा भएका छन् । जागीर खादा एक नम्बरमा नाम निकाल्ने बसुन्धरा खड्का सातौं नम्बरमा बढुवाको सुचिमा परेकी छिन् । बुधवार सिफारिस भएको डीएसपी बढुवाको सिफारिसमा पनि  आईजीपीको सचिवालयमा  कार्यारत रामदत्त जोशी बढुवामा परे भने पबन गिरी तथा दिपक थापा जस्ता संगठनको लागी मरिमेटने अधिकृत सिफारिसमा परेनन् । शुक्रवार भएको इन्सपेक्टर बढुवा सिफारीस समितिले ३८ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्ने निणर्य गरेको छ । 

 जसमा रेशम पराजुली, अपिल बोहोरा, गौतम केसी, टेकनन्द लिम्बु, नरेश सुवेदी, भरत विक, बसुन्धरा खडका विपिन रेग्मी, रविन्द्र बहादुर सिंह, अनुपम श्रेष्ठ, चित्र गुरुङ अग्रस्थानमा रहेका छन । त्यस्तै मोहन थापा, खेम केसी, नवरत्न पौडेल, गौतम मिश्र, राजकुमार केसी, सुधीर शाही, काजी आचार्य, गोविन्द पुरी, राजेन्द्र पोख्रेल, नवराज कार्की, योगेन्द्र खड्का, दुर्गाराज रेग्मी, दल बहादुर बोगटी, बासुदेव पाठक, नवीन प्रधानको पनि बढुवा सिफारीस भएको छ । अन्यमा रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्राचार्य, कोमल शाह, भावेष रिजाल, सन्तोष आचार्य, नारायण चिमोरिया, श्याम खत्री, श्याम राई, शालिकमराज शर्मा र कुमोद ढुङगेल छन् ।

Post a Comment

0 Comments