Subscribe Us

बर्बाद बनायो हङकङ र यु.के.को आइडीले

काठमाडौं । आफू हङकङ र यु.के.को आइडीवाला भएको भनी बिभित्र लोभ देखाई एक दर्जन युबतीलाई ठगी तथा यौनशोषण गरेको आरोपमा प्रहरीले झापा धरमपुरका ३३ बर्षीय बिरबल तमाङलाई पक्राउ गरेको छ । तमाङलाई पिडित युबतीको उजुरीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बिहिबार काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । 

तमाङले आफूलाई हङकङ र यु.के.को आइडीवाला भएको भन्दै युबतीहरुलाई बिबाह गरी लैजानी भन्दै यौन शोषण तथा रकमसमेत ठगी गर्ने गरेको व्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । व्यूरोका अनुसार तमाङले पेशागत रुपमै एक दर्जन भन्दाबढी युबतीलाई ठगी तथा यौन शोषण गरेको र हाल व्यूरोमा ३० लाख पचास हजार ठगी गरेको तथा यौन शोषण गरेको भन्दै ५ युबतीले जाहेरी दिएको जनाएको छ ।

 पक्राउ परेका तमाङबाट बिभित्र ब्यक्तिहरुको नाममा जारी भएको ६ थान एटीएम कार्ड र २ लाख ३० हजार रुपैयाँ तथा सुनका गरगहनाहरुसमेत बरामद भएको छ । तामाङबिरूद्ध व्यूरोले पीडितको उजुरीको आधारमा ठगी तथा जबरजस्ती करणी मुद्धामा अनुसन्धान शुरु गरेको जनाएको छ ।

Post a Comment

0 Comments