Subscribe Us

प्रेममा धोका दिएपछि डाःसाप अपहरणमा, जेलमै अपहरणको योजना

चितवन । गर्भपतनकोे अभियोगमा मुद्दा पुर्पक्षको लागी थुनामा रहेकी एक महिलाको योजनामा अपहरणमा परेका चितवन नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ डाः नारायणगोपाल थापालाई प्रहरीले आधा घण्टामै अपहरण मुक्त गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरक्षक रुगँम कुँवरको टोलीले अपहरणमा परेका डाः थापालाई सहकुशल उद्धार गर्नुको साथै अपहरणमा सँगल्न तिन जना अपहरणकारीलाई पक्राउ गरी मंगलवार सार्बजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा चितवनभरतपुर उपमहानगरपालिका ८ का घनश्याम पौडेल, नुवाकोट विदुर नगरपालिका ९ का सचिन भनिने सखम खवास र सुनसरी धरान नगरपालिक १५ बस्ने जुने लिम्बु रहेको प्रहरीले जनाएको छ । अपहरणकारीले थापालाई गत ३ फागुनमा अस्पतालबाट फर्केने क्रममा बाटोबाटै नियन्त्रणमा लिएर मोटरसाइकलमा राखी अपहरण गरेको अनुसन्धानको क्रममा खुलासा भएको छ । 

अपहरणमा परेका डाः थापालाई भरतपुर उकालोमा रहेको होटल आइसल्याण्ड जंगल रिसोर्टको १०४ नम्बर कोठामा बन्धक बनाइ राखेको प्रहरीले जनाएको छ । अपहरणकारीले डाः थापासँग ५० लाख रुपैयाँको माग गरेका थिए । चितवनको चैनपुर बस्ने पुरी थरकी एक महिलासँग डाक्टर सा’पको अबैध सम्बन्ध रहेको उक्त सम्बन्धबाट गर्भपती भएकी उक्त महिलालाई डाः थापाले नाता कायम नगरेपछि बदलाको भाबनालीई अपहरण गराएको प्रहरीको अनुसन्धाबाट खुलासा भएको छ । गर्भ बोकेकी महिलाको श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा छन् त्यसको फाईदा उठाउदै डाः थापाले पुरीसँग अबैध सम्बन्ध राखेका थिए । जसबाट गर्भ रहन गएको थियो, उक्त गर्भ डाः थापाले अस्वीकार गरेपछि पुरीले गर्भपतन गराईन तर गर्भपतनको अभियोगमा उनि जेल पुगिन ।  

अदालतको आदेशमा  पुरी ०७० कात्तिक २१ देखि भरतपुर कारागारमा रहेको प्रहरीले जनाएको छ । पुरीले कारागारबाटै डाः थापासँग नाता सम्वन्ध कायम गरी पाउँ भनी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दा अहिलेसम्म विचाराधीन  अबस्थामै रहेको छ । अदालतबाटपनि न्याय नपाउने जस्तो लागेपछि पुरीले अपराधको बाटो रोजीकी अनुमान प्रहरीले गरेको छ । डाः थापासँग  पैसा असुल्ने योजनाका लागि पुरीले घनश्याम पौडेलमार्फत् काठमाडौं बस्दै आएका नुवाकोटका सखम खवास र धरानका जुने लिम्बुको प्रयोग गरेको प्रहरीको अनुसन्धाबाट खुलासा भएको छ ।

कारागारमा रहेकी पुरीले डाःथापाबाट ५० लाख असुलेर २० लाख अपहरणमा सहयोग पुर्याउने समुहलाई दिने र ३० लाख आफेले राख्ने योजना बुनेकी प्रहरीले जनाएको छ । ५० लाख पैसा दिएको खण्डमा अदालतमा नाता कायम गरी पाँउ भनेर हालेको मुद्दापनि फिर्ता लिईदिने सहमति भएको अपहरणकारीको पक्राउपछि खुलासा भएको प्रहरीले जनाउको छ । डाः थापाले मुद्दा फिर्ता हुने आशमा यसअघिपनि १३ लाख ७५ हजार अभियुक्तहरुलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।
 

Post a Comment

0 Comments