Subscribe Us

तस्करको पैसामा प्रहरीको व्यारेक

Nepal-police-logoकाभ्रेः काभ्रेमा अबैध क्रसर सञ्चालन गरी अकुत सम्पत्ति थुपारेका बनेपाका राजभक्त श्रेष्ठले प्रहरीलाई खुसी बनाउन लाखौं लगानी गरी प्रहरीको व्यारेक बनाउन थालेका छन् । राजभक्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी बस्ने व्यारेक बनाउनका लागि आफ्नो अबैध धन्दा सञ्चालनमा सहयोग गर्ने प्रहरीको सहमतीमा निर्माण गर्न लागेको चर्चा छ । स्रोतका अनुसार जिल्लाको बिभिन्न ठाँउमा रहेका राजभक्तको आधा दर्जन अबैध क्रसर उद्योग बन्द छन् भने उनको काठ तस्करीसमेत रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालयका तत्कालिन एसपी अरुणकुमार बिसीले राजभक्तको समपूर्ण अबैध क्रसर मापदण्ड बिपरित भएको भन्दै जिल्ला बिकास कार्यालय र प्रशासन कार्यालयको सहयोगमा बन्द गराएका थिए । एसपी बिसी र अञ्चल प्रहरी कार्यालय बागमतीका तत्कालिन प्रमुख रमेश खरेलकोे सरुवासँगै काभ्रेमा तस्कर सलबलाउन थालेका हुन् । जिल्लामा एसपी पुजा सिंहको आगमनसंगै गुण्डागर्दी बढ्नुको साथै तस्करीको रुट मिलाउन थालिएको छ ।

पहिला प्रहरी कार्यालय प्रवेशमा रोक लगाएका राजभक्त जस्ता तस्करको अखडा अहिले प्रहरी कार्यालय भित्रै हुन थालेको जिल्लाका एक प्रहरीले बताए । जिल्लामा बदनाम प्रहरीका रुपमा चिनिएका प्रहरी नायब निरीक्षक बाबुराम झाले तस्कर र गुण्डाका नाईके र ठेकदारहरुको एसपी सिंहसँग सेटिङ मिलाइदिएको पनि स्रोतले बतायो । जनकपुरमा रहँदा बलात्कारको अभियोग लागेका सई झा काभ्रको बिभिन्न स्थानमा इच्चाज चलाउँदै बदनाम हुँदै आएपनि डीआईजी प्रकाश अर्यालको संरक्ष्ँणका कारण कारबाहीबाट जोगिदै आएको काभ्रेका प्रहरीले आरोप छ ।
अहिले उनै झा सिंहका बिश्वास पात्र भए ईप्रका बनेपा चलाउँदै आएका छन् । बनेपामा प्रहरी निरीक्षक भएपनि झाको हालीमुहाली चन्ने गरेको छ । ईप्रका पनौती र पाँचखालमा बस्दा सई झा को अत्याचार सहन नसकि स्थानिय बासिन्दाले प्रहरी चौकिमा आगो लगाएर उनलाई लखटेका थिए । अहिले तिनै बदनाम झा एसपी सिंहका बिश्वासपात्र र सेटिङ मिलाउने कारिन्दा बनेका छन् । तस्कर राजभक्तले ठूलो स्वार्थ तथा एसपी सिंहसँग राम्रै डिल गरेर मासिक बुझाउने सहमती अनुसार काभ्रेमा फेरी अबैध क्रसरराखी गिटी र काठको तस्करी सुरु भएको छ ।
टेण्डरमा सुनसान भएको गुण्डागर्दी अहिले एसपी सिंहकै आडमा मौलाएको पिडीत ठेकेदारहरुले बताएका छन् । ‘प्रहरी कै अगाडी टेण्डर दर्ता गर्न गुण्डाले अबरोध गर्छन तर प्रहरीले वास्ता गर्दैन, महिला एसपी त बढो घुस्याहा रहिछन् नि’ एक ठेकदारले दुखेसो पोखे । दुई साता अघि सिचा“ई कार्यालय काभ्रेले आब्हान गरेको टेण्डरमा प्रहरीले नै टेण्डर हाल्न रोकावट गरेको थियो । सुरक्षाको लागि खटिएका प्रहरीले गुण्डासँग मिलोमतोे गरी टेण्डर दर्ता गर्न गएका ठेकेदारलाई फम दर्ता गर्न संघको चिट मागेपछि प्रहरी घुसमा लिप्त भएको खुलेको थियो । तिन बर्षदेखि काभ्रेमा सेलाएको गुण्डागर्दी अहिले एसपी सिंहको आगमनसँगै मैलाएको छ ।

Post a Comment

0 Comments