Subscribe Us

चिठ्ठा परेका म्यासेज पठाई ठगी गर्ने पाकिस्तानी पक्राउ

काठमाडौं । चिठ्ठा  परेको भन्दै मोबाईलमा गलत सन्देश प्रभागरी ठगी गर्ने एक गिरोह प्रहरीको फन्दामा परेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले गलत सन्देश प्रभागरी एक लाख २५ हजार ठगी गरेको आरोपमा एक नेपालीसहित दुई पाकिस्तानी नागरीकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली फुलवारी घर भई हाल काठमाडौंको बौद्ध बस्ने तेजप्रसाद उप्रेती र पाकिस्तानी नागरिकद्धय मोहम्मद खान तथा शेर सिंह भन्ने अलि शेर रहेको प्रहरीले जनाएको छ । 

गिरोहका नाइके भने पाकिस्तानी नागरीक भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । पक्राउ परेका गिरोहले २५ लाखको चिठ्ठा परेको भन्दै काभ्रेका मदन तामाङलाई मोबाईलमा सन्देश पठाएका थिए । र उनलाई बिश्वास दिलाउन लामाले प्रयोग गरेको सिमकाडको सिरियल नम्बरसमेत बताई दिएका थिए । आफ्नो मोबाईल नम्बरको सिरियल नम्बरसम्म बताएपछि लामाले उनिहरुले भने झै चिठ्ठाको रकम पाउन एक लाख २५ हजार गिरोहको खातामा जम्मा गरिदिएका थिए । 

गिरोहले पक्राउ परेका उप्रतीको नामको एभरेष्ट बैंकको खाता नं००२०००५०१२०७८९५ रकम जम्मा गर्न लगाएका थिए । रकम जम्मा गरेपछि गिरोहले विभिन्न बहाना बनाउन थालेपछि लामाले ठगिएको महशुस गर्दै प्रहरीमा उजुरी दिएका थिए । गिरोहले लामालाई चिठ्ठामा परेको रकम पाउनकोे लागी वैंकमा रकम जम्मा गरेको भौचर च्याती फालि दिनुस्, मोवाईलको म्यासेज डिलेट गर्नु तथाआफ्नो वच्चाको कसम खानुस् भन्ने जस्ता बाहाना गर्न थालेपछि लामाले आफु ठगिएको महसुस गर्दै प्रहरीको शरणमा पुगेका थिए । 

लामाको उजुरीको आधारमा प्रहरीले अनुसन्धानको लागी उप्रेतीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ठगी गर्ने नाइकेहरु खान र शेर सिंह रहेको खुलासा भएको हो । प्रहरीका अनुसार गिरोहले  पटकपटक गरी उप्रेतीको खातामा लामालाई १ लाख १५ हजार जम्मा गर्न लगाएका थिए । गिरोहला थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको महाशाखाले जनाइएको छ । 

लामा काभ्रेको सिपाली घर भई हाल राजधानीमा ट्याक्सी चलाउँदै आएका थिए । तामाङ्गको मोवाईल नम्वरमा हिन्दी भाषामा ‘तपाईलाई रु २५ लाख चिठ्ठा परेको छ, तपाईलाई वधाई छ’ भन्दै एसएमएस आएपछि उनी विस्वासमा परेका थिए । उक्त रुपैंया पाउनको लागी गिरोहले भने झै रकम जम्मा गर्दा उनि एक लाख २५ हजार डुबेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments