Subscribe Us

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमतीको अबस्था गंम्भीर

काठमाडौं । बि.पी.राजमार्ग अन्र्तगत काभ्रे पाँचखालमा बा.१० च १९६६ नम्बरको बोलेरो गाडी शुक्रबार दुर्घटना हुंदा काभ्रे फुलबारी–७ का ७० वर्षीय बिष्णु अधिकारीको मृत्यु भएको छ, भने अधिकारीको श्रीमती धनलक्ष्मीसहित अन्य चार जना घाईते भएका छन् । घाइते भएका ४ मध्ये अधिकारीकी श्रीमती ६५ वर्षीया धनलक्ष्मीको अवस्था गम्भीर रहेको छ भने ३ को अवस्था सामान्य रहेको छ । घाईतेकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरलिे जनाएको छ । सवारी चालकलाई प्रहरीले नियन्त्रमा लिई आबास्यक कारबाही सुरु गरेको बताएको छ ।

 यस्तै सिन्धुली बाशेश्वर–४ स्थित मध्य पहाडी लोकमार्गमा ना.१ ज ३६०७ नम्बरको टाटासुमो शुक्रबार  अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामेछाप सुकाजोर बस्ने ३० वर्षीय रत्न तामाङको तामाकोशी सहकारी अस्पताल रामेछापमा उपचारकोक्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २ जना विदेशीसहित ४ जनालाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।

    यसैगरी नवलपरासी पक्लीहवा–३ तरेलीमा लु.१ त ७५३३ नम्बरको ट्याक्टरले भारत जिल्ला महारगंज कचेरी बजार बस्ने साइकलयात्री ४५ वर्षीय हरिचन्द्र यादबलाई शुक्रबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले खोजी भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Post a Comment

0 Comments