Subscribe Us

रेड कर्नर नोटीस जारी भएका खाग तस्कर मलेशियाबाट पक्राउ

 चितवन । २० वटा गैंडा मारेर खाग बिक्री बितरण गर्ने खाग तस्कर १० बर्षपछि पक्राउ परेका छन् । खाग तस्कर गरेर फरार हुँदै आएका चितवनका कोराकका ३१ वर्षका राजकुमार प्रजालाई नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरोले मलेशियाबाट पक्राउ गरी नेपाल ल्याएको हो । पक्राउ परेका प्रजालाई व्यूरोले चितवन निकुञ्जलाई जिम्मा लगाएको छ । पक्राउ परेका प्रजाले आफूले २० वटा गैंडा मारेर खाग बिक्री बितरण गरेको स्वीकाररेका छन्। 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार प्रजाले २ वटा अरुले नै मारेको गैंडाको खाग बेचेको र ५ वटा गैंडालाई मार्ने प्रयास गरी घाईते बनाएको बताएका छन् । प्रजाले अशिक्षाका कारण आफू गैंडा मार्नमा सक्रिए भएको बयान दिएका छन् । 

अहिले पश्चाताप भएकोसमेत  प्रजाको भनाई छ। अनुसन्धानको क्रममा परिवार नै तस्करमा संलग्न रहेको पाईएको छ  । चितवन निकुञ्जका अनुसार प्रजा बिरुद्ध विभिन्न मितीमा १५ वटा मुद्दा लागेपनि २०६० सालदेखि उनि फरार हुँदै आएका थिए। देश प्रबाहिर गएको थाहा पाएपछि प्रजा बिरुद्ध रेड कर्नर नोटिस जारी गरी पक्राउका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अपिल गरिएको थियो।  

उनीविरुद्धका ६ वटा मुद्दा फैसला समेत भएको र हरेक मुद्दामा १५ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना समेत तोकिएको छ। खोजतलासका क्रममा एक साता अघि प्रजालाई मलेसियाबाट पक्राउ गरी  ल्याईएको  हो । प्रजाले नक्कली नागरिकता बनाई राहदानी निकालेर मलेसियामा बस्दै आएको  व्युरोको अनुसन्धानबाट खुलासा भएको थियो । प्रजााले गोर्खाबाट भक्तराज गिरीको नाममा नागरिकता लिई राहदानी सोही नागरीकताको आधारमा मलेशिया पुगेको व्यूरोको अनुसन्धाबाट खुलासा भएको थियो ।
 

Post a Comment

0 Comments