Subscribe Us

ठमेल सुधार्दै डन मनाङ्गे

काठमाडौं । राजधानीका कुख्यात डन राजिव गुरुङ उफ दिपक मनाड्गे ठमेल सुधारमा लागेका छन् । ठमेललाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा सक्रिय भई डनको उपाधी पाएका मनाङ्गे अहिले ठमेलमा हुने अबैध क्रियाकलाप गुण्डागर्दी बिरुद्ध लाग्न थालेको पाईएको छ । 

मनाङ्ले गत सुक्रवार ठमेलको एक रेष्टुरेन्टले गरेको ज्यादती बिरुद्ध रेष्टुरेन्ट नै तोडफोठ गरी एक दिन बन्द नै गराई दिएका छन् । ठमेलको ज्याठामा सञ्चालित फुसिक्याट रेष्टुरेन्टले दलालको प्रयोग गरेर ग्राहक ठगी गरेको तथा ग्राहकलाई कुटपिट गरेपछि डन मनाङ्गेले  रेष्टुरेन्ट तोठफोट गरी एक दिन बन्दसमेत गराएको ठमेलका एक व्याबसायीले बताए । 

ग्राहकलाई बिभिन्न बाहानामा लगाई फकाई रेष्टुरेन्टमा लानी र खादै नखाएको बिल बनाई पैसा असुल्ने गरेको उजुरी मनाड्गे निवासमा परेपछि उनले रेष्टुरेन्ट तोेठफोठ गरी बन्द गरेका थिए । तर फुसिक्याटका सञ्चालकले अब देखी गैर कानूनी क्रयाकलाप बन्द गर्ने प्रतिबद्धता मनाङ्गे समक्ष्ँ गरेपछि डन मनाङ्गेले रेष्टुरेन्ट सञ्चालकलाई चेतावनी दिदै एक पटकलाई माफि भन्दै साँचो दिएको मनाङ्गे निकट स्रोतले बतायो । 

पछिल्लोे समय ठमेलका डान्स रेष्टुरेन्ट, मसाज, गेष्ट हाउसमा ग्राहकलाई बिभिन्न बाहाना बनाई  लानी र लुट्ने प्रबृती बढेको ठमेलका व्यावसायीले बताएका छन् । ठमेलमा हुने अबैध धन्दालाई प्रहरीले खासै चासो नदेखाएपछि ठमेलमा अपराध मैलाएको स्थाईनियहरु बताउछन् । ठमेलमा रहेका दुई दर्जन डान्सबार मध्य सो गर्ल, फुसिक्याट, हुक्काबार, ताज बार ब्लूबार लगाएतले दलालको प्रयोग गरेर ग्राहकसंग अबैध रकम असुल्ने गरेको ठमेलका एक व्यावसायीले बताए । 

Post a Comment

0 Comments