Subscribe Us

कानूनलाई चुनैती दिदै ह्वाईट हाउस

कलेजका सीईओ युवराज शर्मा
काठमाडौं । राजधानीको बानेश्वमा सञ्चालित ह्वाईट हाउस ईन्टरनेशनल कलेज गैरकानुनी तरिकाले सञ्चालन भइरहे पनि  सम्बन्धित निकायको कारबाहीको दायरामा ल्याउन सकेको छैन् । बानेश्वरमा सञ्चालन गर्ने अनुमति पाएको उक्त कलेजले उच्च माध्यामिक परिषद्को निर्देशन लत्याउँदै तिनकुनेमा सञ्चालन गर्दै आएको छ ।

 स्रोतका अनुसार जहाँ ह्वाईट गोल्ड कलेज सञ्चालन गर्ने अनुमति लिईएको थियो । परिषद्बाट स्थान परिर्बनको स्वीकृती नै नलिई अर्को बिद्यालय हाताभित्र ह्वाईट हाउस कलेजले आफ्नो बोर्ड राखे कलेज सञ्चालन गर्नु गैरकानुनी भएको परिषद्ले बताएको छ ।

 परिषद्ले गते १५ असारमा कारबाहीको सम्बन्धमा भन्दै सानो ठिमी भक्तपुरलाई पत्र लेख्दै भनेको छ,‘अनुगमन शाखाको राय तथा कानूनी सल्लाहकारको राय बमोजिम ह्वाईट हाउस गोल्ड उच्च माध्यमिक बिद्यँलय तिनकुने काठमाडौंले उच्च माध्यिमक शिक्षा परिषद् सम्बन्धन सम्बन्धि बिनियमहरु २०५५ को बिनियम ७१ (क) र ७ (ख) बिपरित गई बिद्यालय व्यवस्थापन समिति गठन नै नगरी आफूखुशि बिद्यालयको सम्पत्ति बेचबिखन तथा बिद्यार्थीहरु अन्यत्र स्थाननन्तरण गरी बिद्यँलय बन्द गर्नु गैरकानूनी हो । र, उक्त बिद्यालयमा नयाँ बानेश्वरमा सञ्चालित ह्वाईट हाउस कलेज ठाँउसारी गरिएको जानकारी समेत परिषद्मा नगराई कानून मिचेर सञ्चालन गर्नु गैरकानूनी हो, तत्काल बन्द गराउनु ।’

 पत्रमा थप भनिएको छ,‘कलेजले कानूनको खिल्ली उडाउँदै व्यवस्थापन समिति नै गठन नगरी गैरकानूनी सम्झौंताबाट सम्पत्ति खरिद गरिएको र शिक्षा क्षेत्रसँग सम्बन्धित संस्थाहरु शिक्षा ऐनको आधारमा गठित हुँदैमा तिनीहरुले शिक्ष्ाँसँग सम्बन्धि प्रचलित कानुनको व्यबस्था अनुशरण नगरेको हुँदा परिषद्को निर्यणले सचेत गराउने, अर्को बर्ष परीक्षा केन्द्र कायम नगर्ने र शिक्षक तालिममा सहभागी नगराउने निर्यण गरिएको छ ।’ तर, अहिलेसम्म कानूनको कार्यान्वयन भएको छैन ।

Post a Comment

0 Comments