Subscribe Us

एसिड काण्डका अभियुक्त पक्राउ नपरेपछि चौतर्फी आलोचना

काठमाडौं । यसिड काण्डका आरोपीतलाई पक्राउ गरी कानून दायरामा ल्याउन प्रहरीले उदासिननता देखाएको भन्दै चौतर्फी आलोेचना भएको छ । महिला अधिकारबादी र राष्ट«िय मानव अधिकार आयोग र बिद्यार्थी यूनियनहरुले तिब्र आलोचना गर्दै घटनामा संगल्नलाई तत्काल पक्राउ गर्न सरकार र प्रशासनसंग माग राखेका छन् ।

 तर प्रशासनले भने घटनामा संगल्नको पहिचान भै सकेको भन्दै चाँडै कानूको दायरामा आउने आश्वासन दिएको छ । मंगलवार दवाव स्वरुप जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यँर्थी यूनियनले ज्ञापन पत्रसमेत बुजाएका छन् । अभियुक्तलाई पक्राउ गरी २४ घण्टा भित्र कारबाहीको माग राख्दै अध्यक्ष यूनियन सरद रसाईली ज्ञापन पत्र बुजाएका हुन । ज्ञापन पत्र बुज्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख एक नारायण अर्यालले घटनामा संगल्न व्यक्तिको पहिचान भईसकेको हुदा कानूनको दायरामा आउने बताएको यूनियनले जानकारी दिएको छ । 

ज्ञापन पत्रमा भनिएको छ,‘ राज्यले जनताको सुरक्षा प्रति देखाएको यो उदासिनता र गैर जिम्मेवारीपनको हामी घोर भत्सना गर्दछौं ।’ राजधानीकै मुटु मानिने र सुरक्षा अंगको महत्यपूर्ण उपस्थित रहेको स्थानमा यस किसिमको घटना घट्नु जति गंम्भिर छ, हाल सम्मपनि अपराधिहरु पक्राउ नपर्नु त्यतिनै निन्दनीय बिषय हो, ज्ञापन पत्रमा उल्लेख छ । नाबालिक स्कुले छात्रा बिद्यार्थीहरुको जिवन नै बर्बाद हुने गरी भएको बर्बर आक्रमणको अपराधीहरु जती दोषी छन् त्यति नै सुरक्ष्ाँको जिम्मा लिएर बसेकाहरुले अपराधिलाई उन्मुक्ति दिने गरी चासो नराख्नु उतिनै जिम्मेवारी र दोषी छन् पत्रमा उल्लेख छ ।  बिद्यार्थी यूनियनले दोषीलाई २४ घण्टा भित्र पक्राउ नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।

 साथै घाईतेको उपचार व्यवस्था मिलाउन सरकारलाई ध्यानकर्षन गरेको छ । एसएलसी तयारीको लागी टिउसन क्लास लिन गएका दुई छात्रा आइतबार विहान बसन्तपुर झोछेस्थित ‘ए प्लस टिउसन सेन्टरमा’ अज्ञात समुहको एसिड  प्रहारबाट घाईते भएका थिए । एसिड प्रहारले रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्Èीया सीमा बस्नेत घाईते भएका थिए । विहान सवा ६ बजे टिउसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको पीडित छात्राले प्रहरीलाई बयान दिएकी छन् ।

 एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट पु¥याएको छ भने सिमाको अनुहार नै जलेको प्रहरीले बताएकोे छ । घाईते संगिताको वीर अस्पतालमा उपचारपछि सोमवार डिस्चाच गरीएको छ भने, सिमाको केएमसी अस्पताल सिनामंगल उपचार भईरहेको छ । घाईते सिमाको अबस्था भने चिन्ताजनक रहेको अस्पतालस्रोत बताएको छ । दुवै किशोरी शान्ति निकुञ्ज स्कुलमा अध्यनरत हुन । प्रहरीका अनुसार प्रेम प्रस्ताव अस्वीकार गर्दा उक्त घटना हुन गएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

 उता महिला अधिकारवादीहरुले विगतमा त्यस्ता घटनामा कारवाही भएका बलिया नजीरहरुको अभावमा महिला विरुद्धका जघन्य हिंसाका घटना कम हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन्। महिलामाथी तेजाब छ्यापने  घटना विशेÈगरी तराई क्षेत्रमा बढी पाईने गरेको छ । यस्ता अपराधलाई न्यनिकरण गर्न युवा बर्गलार्ई गतिलो परामर्श अनि कानूनी कारबाहीबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको महिला अधिकाबादीको धारण रहेको छ । यकिन तथ्यांक नहुने यस्ता घटनाहरु विशेÈगरी देखासिकी गर्ने र बदला लिने अभिप्रायले हुने गरेको महिला अधिकारकर्मी रेण्ँुा राजभण्डारीले बताइन् ।

 उनले भनिन्, अहिलेसम्मको घटना हेर्दा के देखिन्छ भने केटाहरुले प्रेमप्रस्ताव गर्ने अनि केटीले नमानेपछि केटाको पुरुष त्वमाथि चोट लागेको अनुभब गर्दै युवाहरुले तेजाब छ्यापने काम गर्छन । त्यसबाहेक यस्ता घटना बढ्न नदिन पीडकलाई कानुनी दायरामा ल्याउनुपर्ने राष्ट«िय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले बताइन् । उनले भनिन्, तुरुन्त कारबाही गरेर हामीले परिण्ाँम बाहिर ल्याइदियौं भने यस्ता घटनामा कमि आउन सक्छ । 

Post a Comment

0 Comments