Subscribe Us

लोकमान छोडेर प्रचण्डको शरणमा सुबेदी

काठमाडौं । पद, पैसा र स्वार्थको लागि जुनसुकै दलका नेता वा प्रभावशाली ब्यक्तिसँग सम्बन्ध गाँस्न सक्ने चतुर सहसचिव भरत सुबेदी यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहलाई छाडेर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको शरणमा पुगेका छन् । पछिल्लो दुई दशकयता सँधै अर्थ राजनीतिमा ढुलीमुली गरेका अर्थमन्त्री डा. रामशरण महत र शाही सरकारका मुख्य सचिव समेत भएका अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको संरक्षणमा अकुत सम्पति कमाएका सुबेदी राताराता एमाओवादी अध्यक्ष दाहालको शरणमा पुगेका हुन् । 

बैदेशीक रोजगार बिभाग, अन्तरिक राजश्व बिभाग, राजश्व अनुसन्धान बिभाग र बिभिन्न भन्सार कार्यालयमा छँदै अकुत सम्पत्ति आर्जन गरेका सुबेदीलाई अकुत सम्पत्तिमा कारबाही नगरेबापत सुबेदीले अख्तियार प्रमुखलाई आर्थिक सहयोग गर्दै आएको चर्चा हुने गरेको छ । लोकमानलाई गडफादर भन्दै हिँडेका सुबेदीलाई लोकमानले पनि हरेक ईस्युमा जोगाई दिने गरेका छन् । 

त्यस्तै, बिदेशमा दुई दशक भन्दा बढी बसेर डलर कमाएका अर्थमन्त्री डा. महतले नेपालमा आईएमएफ, वल्र्ड बैंक र युरोपियन मुलुकको चाकडी गर्दै सुबेदी जस्ता अख्तियारले पटकपटक कारबाही गरी छाडेका भ्रष्ट कर्मचारीलाई संरक्षण दिइरहेका छन् । देश, जनता, पार्टी र सरकार भन्दा पनि सुबेदीको संरक्षणमा लागेका कारण पार्टी र जनताको नजर पद प्रतिष्ठा गुमाएका डा. महतलाई बर्तमान सरकारकै मन्त्री लालबाबु पण्डितले मन्त्रीपरिषद् बैठकमा हम्काएका थिए । उनै सुबेदी अख्तियार प्रमुख कार्की र अर्थमन्त्री डा. महतको बुई चढेर भलाद्मी मन्त्री टेकबहादुर गुरुङले सम्हालेको मन्त्रालय मातहतको बैदेशिक रोजगार बिभागमा पुग्न सफल भए । बिभागमा आउना साथ का“ग्रेस र कांग्रेसका मन्त्रीहरुलाई छोडेर सुबेदीको उठबस एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग हुन थालेको छ । 

बिभागमा आउनवित्तिकै सुबेदीले न्यायालयको निर्णयलाई समेत लत्याउन थालेका छन् । उनले सर्बोच्च अदालतको आदेश बमोजिम बैदेशीक रोजगारीको काम गर्ने ब्यवस्था गर्नु गराउनु भन्ने आदेशलाई समेत लत्याएका छन् । २०६१ साल भदौ १२ गते ईराकमा नेपाली मारिएको घटना र १६ गते नेपालका मेनपावर ब्यबसायीको कार्यालयमा भएको तोडफोडको घटनापछि सरकारको आदेशमा बन्द गरिएका ती बैदेशीक रोजगार ब्यबसायीलाई ब्यबसाय गर्न भनि अदालतले आदेश दिएको थियो । तर सुबेदी बिभागमा प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न साथ कारबाही फुकुवा गर्नको लागि प्रति मेनपावर तीस लाख मागेका छन् । सुबेदीले सबै प्रक्रिया पु¥याएर दर्ता भएका मेनपावर ब्यबसायीलाई कारोवारको अनुमति दिन प्रति मेनपावर पचास लाख माग गरेका छन् । विगत दुई बर्षअघि सरकारले नयाँ मेनपावर कम्पनी दर्तामा रोक लगाएपछि यस पेशामा आकर्षित हुनेहरुले ६० देखि ८० लाख रुपैयाँसम्म कमिसन दिएर खरिद गर्ने गरेका छन् । 

मेनपावर कम्पनीलाई कारोबारको अनुमति दिनेदेखि लिएर नयाँ मेनपावर दर्तासम्मको अुनमति दिन सुबेदीले रकम उठाउन सुरु गरिसकेको स्रोतले बतायो । बैदेशीक रोजगार बिभागको प्रमुख हुनासाथ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शरणमा पुगेका सुबदीले कांग्रेस र एमाले निकटका बैदेशीक रोजगार ब्यबसायी कम्पनी र तिनका सञ्चालकलाई ठेगान लगाउने भन्दै एमाओवादी निकटका मेनपावर सञ्चालकसँग मोटो रकम लिएर सर्बसाधरणलाई दुख दिन थालेको ब्यबसायीले बताए । नेपाली बेरोजगार युवालाई बिदेश पठाउने नाममा ठगि गर्दै आएका एमाओवादी निकटको राज मेनपावरलाई सुबेदीले नैं संरक्षण दिएको समेत खुलासा भएको छ । बैदेशीक रोजगारीको क्रममा मलेसिया पठाउँदा आकर्षक तलब दिने भन्दै ठगि गर्दै आएको सो मेनपावरका सञ्चालक रामकुमार भन्तनासँग सुबेदीले मोटो रकम लिएको घटना समेत सार्बजानिक भएको छ । 

बैदेशीक रोजगारको लागि भन्दै एक बर्षअघि झापाका टंकप्रसाद खनाललाई बिदेश पठाएका भन्तनाले आकर्षक तलबको ग्यारेण्टी गरेका थिए । राम्रो स्वास्थ्य नभएको कारण मलेसिया जान ईन्कार गरेका खनाललाई मेडिकल फेल भएपनि पास भएको भन्दै नक्कली काम गरेका थिए । स्वास्थ्य बिग्रिएपछि नेपाल झिकाउन परिवारका सदस्यहरुले आग्रह गर्दा समेत अटेर गरी बसेका भन्तनाका बिरुद्ध बैदेशीक रोजगार बिभागमा मुद्धा दायर भएको थियो ।

 सो मेनपावरले पीडितलाई क्षतिपूर्ति नदिएसम्म सो मेनपावरको कारोबार रोक्का गर्नुु भनी बिभागले निर्णय गरेको थियो । तर आफुलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बिश्वास पात्र भएको दाबी गर्ने भन्तनाले सुबेदीलाई १० लाख रुपैयाँ टक्र्याएको स्रोत बताउँछ । नजरनापछि सुबेदीले सो मेनपावरको बन्द रहेको कारोबार फुकुवा गरेका थिए । एमाओवादी अध्यक्ष दाहालको निर्देशनमै आफूले सबै काम गर्ने गरेको दाबी गर्ने सुबेदी यसैसाता युरोप हानिएका छन् । तीन साताको लागि युरोपियन मुलुकको भ्रमणमा निस्किएका सुबेदी आफूले कमाएका अकुत सम्पत्ति राख्न गएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments