Subscribe Us

मिटर ब्याजको पैसा उठाउन प्रधानमन्त्री कार्यालयको फोन

मिटर ब्याजका नाईके हिराकाजी
काठमाडौं । केही समय अघि प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पदिय हैसियत र दायरा नाघेर तथा आफ्नो प्रतिष्ठामा नै आ“च आउने भन्दै आफ्ना सहयोगी र सल्लाहकारहरुको सुझाव र प्रस्ताव कार्यान्वयन नगर्न÷नगराउन मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र मातहतका प्रमुखलाई समेत निर्देशन दिएका थिए । 

कोइरालाको उक्त निर्देशनपछि वातावरण सचिव कृष्णचन्द्र पौडेलले समेत प्रधानमन्त्रीका अर्का सल्लाहकार सागर खनाललाई ‘प्रधानमन्त्रीको दलाल’को संज्ञा दिंदै अनावश्यक दबाब दिन फाइल बोकेर नआउन चेतावनी दिएका थिए । त्यस्तै प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार एवम् भाञ्जा रमेश शर्मा भण्डारीले शान्ति सेनामा पठाउन आफ्ना केही नातेदार सैनिक जवानको नाम सिफारिस गरी जंगी अड्डा पठाउ“दा प्रधानसेनापति गौरवशमसेर जबराले पनि त्यस्तै जवाफ पठाएका थिए । 

प्रधानमन्त्रीका अघोषित सल्लाहाकार, दाता तथा सभासद् दिपक खड्कालाई हाइड्रो सम्बन्धि फाइल बोक्दै उर्जा र वातावरण सचिवकोमा पुग्दा उनीहरुले पनि त्यस्तै उपनाम अर्थात दलालको संज्ञा दिएका थिए । यसरी एकपछि अर्को गर्दै प्रधानमन्त्रीका खञ्चुवा सल्लाहकारहरुको आर्थिक मोहका कारण प्रधानमन्त्री आफै बद्नाम हुन थालेको अर्को एक घटनाबाट खुलेको छ । घटना मिटर ब्याजस“ग सम्बन्धित हो । 

ब्याजमा लिएको ३५ लाख रुपैया“को सावा“ र व्याज गरी ४८ लाख ३० हजार तिर्दापनि ब्यवसायी अनिल जोशीले सुख पाएनन् । हिसाब किताब चुक्ता भइसक्दा पनि दरबारमार्गमा हिडिरहेका जोेशीलाई मिटर ब्याजका नाईके हिराकाजी महर्जनको निर्देशनमा प्रहरीले नियन्त्रण लियोे र एक रात थुनामा राख्यो । न पक्राउ पुर्जी, न थुनुवा पुर्जी जोशीले एक रात दरबारमार्ग बृत्तको हिरासतमा बिताए । भोलीपल्ट १० बजे बृतले जोशीलाई महानगरीय प्रहरी परिसर हनुमानढोेकामा पु¥यायो । 

परिसरका एक डीएसपीले जोशीलाई  प्रश्न गरे, ‘हिराकाजीस“गको कारोबार के हो ?’ जोशीले आफूले ३५ लाख लिएको र १८ महिनाको अवधिमा ४८ लाख ३० हजार तिरिसकेको बताए । उजुरीकर्ता महर्जनले भने ४८ लाख लिएको र मेरो हिसाबमा अझै ४८ लाख नै लिन बा“की रहेको कुरा डीएसपीलाई सुनाए । दुबैको कुरा सुनेपछि डीएसपी यत्रो पैसा लिईसकेको रहेछ, आफै सहमती गर्नुस भन्दै पन्छिए ।

तर हिराकाजीले प्रहरीकै अगाडि आफूले ७२ प्रतिशत ब्याजमा पैसाको लगाएको दाबी गर्दै ४८ लाख उठाईदिन अनुरोध गरे । त्यतिबेला एक प्रहरी अधिकृतले यो त महेश सिंहको जस्तै मुद्दा भयो, एसएसपी रमेश खरेलसा’प भएको भए यो मुद्दा त उल्टो हुन्थ्यो भन्दै हिराकाजीलाई सुनाए । प्रहरी अधिकृतको कुरा भु“ईमा खस्न नपाउ“दै हिराकाजीले आफूले मिटर ब्याजका डन महेश सिंहकै शैलीमा पैसा ब्याजमा लगाउने गरेको सुनाउ“दै कुनैपनि हालतमा उक्त पैसा उठाई छाड्ने भन्दै निस्किए । केही दिन अघि प्रहरी महानीरक्षक उप्रेन्दकान्त अर्यालले प्रहरी प्रशासन राजनीतिले चलाउ“छ भनेर एक पत्रिकामा अन्तर्वार्ता दिएका थिए । 

मिटर ब्याजका ब्यवसायी महर्जनले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपाललाई पैसा उठाईदिन प्रहरीलाई फोन गर्न लगाएका थिए । मिटर ब्याजमा पैसा असुल्ने ललितपुरका महेश सिंहलाई पक्राउ गरी कारबाही गर्ने प्रहरीले सिंहकै शैली अपनाएर ब्याजमा लगाएको पैसा उठाइदिन प्रधानमन्त्री कार्यालयबाट आएको उक्त फोनको कुनै वास्ता गरेन । ३५ लाखको ४८ लाख तिरीसकेको र लिइसकेको कुरा हिराकाजी स्वयम्ले स्वीर्कारेपछि प्रहरीले अब कति पैसा तिराउने तपार्इंहरु आफै मिलापत्र गर्न आग्रह ग¥यो । 

यस बारेमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपालस“ग यूनाइटेड पोष्टले सम्पर्क गर्दा ‘को प्रहरी हो आफूकहा“ पठाईदिन वा त्यस्तो सूचना दिने प्रहरीको नाम टिपाउन’ भन्दै उल्टै आग्रह गरे । आफूले फोन गरेर दबाब दिएको वा नदिएको विषयमा उनले बोल्नै चाहेनन् ।

यूनाइटेड पोष्ट

Post a Comment

0 Comments