Subscribe Us

हिमाल सिमेन्टबाट मल्होत्रालाई १० करोड

काठमाडौं । शक्तिकेन्द्रको आडमा देशमा अनेक धन्दा चलाउँदै आएका विवादास्पद व्यापारी दीपक मल्होत्राले हिमाल सिमेन्ट कम्पनीबाट १० करोड रुपैयाँ हात पारेका छन् । बन्द अवस्थामा रहेको उक्त सरकारी कम्पनी सस्तोमा किनेर महंगोमा बेच्न उनी सफल भएका हुन् । 

विभिन्न निकायमा सेटिङ मिलाएर उनले चोभारस्थित हिमाल सिमेन्ट कम्पनी २० करोडमा किनेका थिए । किनेको केही समयमै ३० करोडमा बिक्री भइसकेको छ । एक व्यापारीले सिमेन्ट उद्योग चलाउनका लागि हिमाल सिमेन्टका मेसिन लगायतका सामानहरु खरिद गरेका हुन् । 

प्रधानमन्त्रीसम्मलाई प्रभाव पारेर मल्होत्रा यस्ता किसिमका विभिन्न ठेक्काहरु हात पारी पैसा कमाउँदै आएका छन् । सासमुङ मोबाइलको आवरणमा उनले अनेकथरी धन्दा चलाउँदै आएको स्रँेत बताउँछ । सुन तस्करीमा उनले सेटिङ मिलाइदिने गरेका छन् । 

उता स्थानीय गुण्डाहरुको कारण मल्होत्रासँग ३० करोडमा हिमाल सिमेन्टका सामानहरु किन्ने व्यापारी मारमा परेका छन् । सूर्य बुढाथोकी लगायतका स्थानीय रुपमा गुण्डागर्दीमा आबद्ध व्यक्तिहरुले ४ करोड रुपैयाँ मागेर सामान ओसार्न दिएका छैनन् ।

Post a Comment

0 Comments