Subscribe Us

बिहान नै बानेश्वरमा १८ लाख लुटपाट

काठमाडौ । नयाँ बानेश्वरको  हृवाइट हाउस कलेज अगाडी दिन डाहाडैं १८ लाख रुपैंया लुटपाट भएको छ । बुधवार बिहान कलेजसँगैको भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्किएकी  कलंकी निवासी सरस्वती आचार्यको साथबाट उक्त रुपैंया लुटपाट भएको हो ।  

बैंकबाट पैसा निकालेर बाइकमा चढ्न खोज्दै आचार्यकोे साथबाट उक्त रुपैंया लुटेर लुटेराहरु फरार भएको प्रहरीले जनाएको छ । लुटपाटपछि प्रहरीले बानेश्वरको विभिन्न नाकाहरुमा चेकजाँच कडा पारी लुटेराको खोजी कार्य तीब्र बनाएको जनाएको छ । प्रहरीले केही शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments