Subscribe Us

नक्कली नेपाली नोट फिजाउदै भारतीय नागरीक

काठमाडौं । नेपाल प्रहरीले भारतीय नागरीकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । नक्कली नेपाली रुपैंया“को प्रयोग गरेर पसलमा सामन किन्दै हिडेका भारत झारखण्डका ४५ बर्षय श्रीनिवास रावलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको सुन्धारास्थित लुम्बिनी होटेलमा माघ २२ गतेदेखि बस्दै आएका रावले नक्कली नेपाली रुपैया“को प्रयोग गरी भिमसेनस्थानस्थित अन्जु कस्मेटिक पसलमा सामान खरीद गरेका थिए । 

पसलका सञ्चालकलाई रावलले दिएको रुपैया“ माथी शंका लागी प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात अनुसन्धानमा खटिएको प्रहरीले रावललाई नियन्त्रणमा लिई शरीर तलासी गर्दा नक्कली नेपाली रुपैयाँ १ हजार दरका १९ थान र ५ सय दरका ४ थान तथा रावल बसेको लुम्बिनी होटेलको कोठाबाट १ हजार दरका थप २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका रावललाई महानगरीय प्रहरी बृत जनसेवाले थप अनुसन्धान तथा आबाश्यक कारबाही अगाडी बढाएको जनाएको छ । प्रहरीको अनुसन्धानको क्रममा रावले आफुलाई सप्लायर्स सम्बन्धि काम गर्ने बताएका छन् ।

Post a Comment

0 Comments