Subscribe Us

इन्सेकको हिटलिस्टमा चरि हिट

 काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को हिटलिरस्टमा प्रहरी इन्काउन्टरमा मारिएका राजधानीका डन दिनेश अधिकारी उफ चरि परेका छन् ।  इन्सेकले सार्वजनिक गरेको यस बर्षको प्रतिवेदनमा चरि हत्याकाण्ड ईन्सेकको हिटलिस्टमा परेका हो । 

प्रतिबेदनमा चरी हत्याकाण्ड यस वर्षकै चर्चित बनेको निष्कर्श निकालिएको छ ।  इन्सेक रिपोर्टमा भनिएको छ, प्रहरी कार्बाहीमा मारिएका दिनेश अधिकारीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय देखियो । त्यसतै महोत्तरिमा प्रहरी कार्बाहीमा मारिएका जकाउल्लाह नदाफ र मोहम्मद शेराजुल मंसुरीको हत्या पनि अन्तराष्ट्रिय चासोको विषय बनेको ईन्सेको प्रतिबेदनमा उल्लेख छ ।

 प्रतिवेदनमा यस बर्ष राज्यको निकायहरुको प्रत्यक्ष कार्यबाट हुने पीडितहरुको संख्यामा कमि आएको जनाइएको छ । सन २०१४ मा गैह्रराज्य पक्षबाट ४ हजार ६ सय ५८ महिला र ४ सय ११ पुरुष गरी ५ हजार ७३ जना पीडित हुने गरि मानवअधिकार उलंघनका घटनाहरु भएका छन् ।

Post a Comment

0 Comments