Subscribe Us

सशस्त्रमा चरम भ्रष्टाचार,
छानबिन गर्ने निकायले आँखा चिम्लिएपछि आईजीपी मक्ख

काठमाडौं । स्थापना भएको डेढ दशक नपुग्दै अर्धसैनिक बलको रुपमा स्थापित शसस्त्र प्रहरी बलमा मौलाएको भ्रष्टाचार र अनियमितताका कारण संगठन नै बदनाम हुन थालेको छ ।  अर्कोतिर, संगठनको नेतृत्वको ब्यक्तिबादी, स्वार्थी, अदुरदर्शी र भ्रष्ट मानसिकताका कारण सशस्त्र प्रहरी बलभित्र चरम असन्तुष्टि बढेको छ । शसस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तको नेतृत्व क्षमता अभाव, अधिकृत कर्मचारीमाथि गर्ने भेदभाव र पूर्बाग्रहपूर्ण  ब्यबहारका कारण संगठनभित्र असन्तुष्टि छाएको हो ।

 महानिरिक्षक वन्तको स्वेच्छाचारी नेतृत्वशैलीमाथि मन्त्रीपरिषद्, गृहमन्त्रालय, राष्ट्रिय  सतर्कता केन्द्र, ब्यबस्थापिका संसदको राज्य ब्यवस्था समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिका नखेल्दा संगठन पुरै बदनाम हुन थालेपछि असन्तुष्टिको स्वर बुलन्द हुन थालेको हो । स्रोत भन्छ,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविनको नाममा बयान मात्र लिएर कुनै कारबाही नगरेपछि वन्तको मनोबल ह्वात्तै बढेको हो । अख्तियारले वन्त जस्ता ठूला माछा (भ्रष्टाचारी) लाई मुद्दा नचलाएर किन संरक्षण गरिरहेको छ ?’ 

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा सशस्त्र प्रहरी महानिरिक्षक भएका वन्तले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत र आयुक्तहरुलाई खुसि पार्न ब्यस्त भएका छन्, संगठनभित्र आबश्यक पर्ने सामाग्रीको ठेक्कापट्टा आफूले चाहेको ब्यक्तिलाई दिलाएर । 

सो बापत करोडौं रुपैया“ कमिशन वन्तले बुझ्ने गरेका छन् । स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ तैनाथ हुने सशस्त्र प्रहरीलाई आवश्यक पर्ने एपीसी भ्यान खरिदमा बिबादस्पद ठेकेदार दीपक मल्होत्रास“ग सा“ठगा“ठ गरेपछि आईजीपी वन्तले करोडौं कमिशन हाता पारेका हुन् । यसअघि नैं सशस्त्र प्रहरीलाई आवश्यक पर्ने बन्दोबस्तीका सामान खरिदमा समेत मिलेमतोमा ठेक्का हात पारेका मल्होत्राले एपीसी खरिदको ठेक्का समेत आफुले लिएका छन् । फरक फरक प्रकृतिको सामग्री आपूर्तीमा एउटै कम्पनीले बोलपत्र हात पारेपछि आशंका बढ्ने भन्दै वन्तको मिलेमतोमा मल्होत्राले डमी ठेकेदार खडा गरी ठेक्का आफ्नो  पक्षमा पारेका हुन् । 

वन्तलाई यसअघि खुसि पार्दै आएका अर्का ठेकेदार दिपक भट्ट भने यसपटक नराम्रोस“ग जिल्लिएका छन् । यसअघि भट्टस“ग राम्रै सम्बन्ध बढाउ“दै आएका आईजीपी वन्तले पछिल्लो चरणमा भने बरियता क्रममा दोस्रो नम्बरमा रहेका एआईजी एबं बिबादस्पद प्रहरी अधिकृत दुर्जकुमार राईको सल्लाहमा मल्होत्रालाई रोजेका हुन् । वन्तले यसअघि अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई खुसि बनाउन भन्दै अख्तियारमा सहयोगी भूमिका निभाउने पात्रहरुको सल्लाह र सहयोगमा ठेकेदार भट्टलाई ठेक्कापट्टाको जिम्मेवारी दिने गर्दर्थे । 

तर, दुर्जकुमार राईस“ग राम्रो सम्बन्ध भएका पाठक थरका पत्रकारले दीपक मल्होत्रास“ग सम्बन्ध बढाएमा राम्रो लाभ हुने सुझाव दिएपछि ठेकेदार परिवर्तन गरिएको हो । तिनै पत्रकारको सल्लाहमा राईले आइजीपी वन्तलाई भनेर मलहोत्रालाई ठेक्का दिलाएका स्रोतले बतायो । यता एपीसीको ठेक्कामा वन्तले वाईपास गरेको भन्दै ठेकेदार भट्ट असन्तुष्ट बनेका छन् । जसले गर्दा भट्टलाई स“धै छत्रछाया“मा राख्ने अख्तियार प्रमुख लोकमानसिंह कार्की पनि असन्तुष्ट छन् । ‘कार्कीले वन्तलाई फोनमा तपाइ“लाई एक बर्षसम्म बचाए“, अब सक्दिन, मलाई धेरै प्रेसर आईसक्यो’ भनेको स्रोतले बतायो । का“ग्रेसका एक जना मधेशी सभासद्को बुई चढेर एक दिन भैंसेपाटीमा लोकमानलाई भेट्न सफल भएका वन्तले तीन साता अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा कार्कीलाई भेटेका थिए । 

स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई आफ्नै निवासमा चियापानको लागि भनेर बोलाएका थिए । जहा“ एकैछिन पछि सशस्त्रका आईजीपी वन्त पनि आए । वन्तको अघि राखेर प्रचण्डले दबाब दिएकोमा असन्तुष्ट बनेका लोकमानले उल्टै राजनीतिक तहमा समस्या समाधान गर्नु भन्दै सुझाव दिएका थिए । त्यसपछि प्रचण्डले माघ महिनाभरीको राजनीतिक तरलताको स्थितिलाई मध्यनजर गर्दै स्थिति साम्य पार्न  सक्ने भन्दै त्यसपछिको राजनीतिक स्थिति परिबर्तन हुनसक्ने भन्दै सोही अनुसार अघि बढ्नु पर्ने धारणा राखेका थिए । 

वन्तले आफ्नो बचाउको लागि प्रचण्ड दरबारमा आफूलाई बोलाएको भन्दै लोकमानले पछि वन्तलाई झपारेका थिए । उनले ठूलो माछालाई नियन्त्रणमा ल्याउनु प¥यो, पक्राउ गर्नु प¥यो भनेर धेरै दबाब आएको भन्दै सोही अनुसार तयारी गर्नु भनि चुनौति दिएका थिए । लोकमानस“गको भेटपछि आईजीपी वन्तले सबै डीआईजी र आईजीपीको भेला बोलाई आफूलाई किनारा लगाउने षड्यन्त्र भइरहेको भन्दै आफू असफल भए मेराबिरुद्ध लाग्ने कसैलाई पनि छोड्दिन भन्दै चेतावनी दिएका थिए । 

सार्क शिखर सम्मेलनको समयमा समेत सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीका वन्तले एआईजी दुर्जकुमार राईलाई लिएर दुई साता मुलुक बाहिर रहेको भन्दै सरकारका मन्त्रीहरुले नैं उनको आलोचना गरेका थिए । यता आाईजीपी वन्तले पूर्ब एआईजी ठाकुरमोहन श्रेष्ठको समयमा उनी निकट भनेर चिनिएका तथा  उनको मातहत काम गरेका सबै प्रहरी अधिकृतहरुलाई छानीछानी कारबाही गर्न थालेका छन् । 

उनले अधिकृतहरुको भेलामा सुझाव दिएका अधिकृत कर्मचारीहरुलाई समेत स्पस्टीकरण सोधेर ‘मोरल डाउन’ गर्ने काम गरिरहेका छन् । सुदुरपश्चिम क्षेत्रका कुनैं पनि प्रहरी अधिकृतलाई जिम्मेवारी नदिएर उनले हदैसम्मको अन्याय गरेको गुनासो केही समयअघि डीआईजी र एसएसपीहरुले प्रधानमन्त्री शुसील कोइरालासमक्ष गुनासो राखेका थिए । वन्तले आफ्नो नेवार समुदाय बाहेकका प्रहरी अधिकृतहरुलाई सचिवालय वा संगठनको कुनैं पनि महत्वपूर्ण जिम्मेवारी नदिने नीति नैं अख्तियार गरेकोमा चरम असन्तुष्टि छाएको छ । 

नेपाली सेना र राष्ट्रिय अनुसन्धान बिभागको संगठन बिभाग प्रमुखको पदावधि तीन बर्ष हुन्छ । नेपाल प्रहरीले पनि गृह मन्त्रालयमा नेपाल प्रहरीको आइजीपी पदावधि तीन बर्षको हुनुपर्ने भनि सुझाव दिएको अवस्थामा सशस्त्र प्रहरी प्रमुखको पदावधि पनि तीन बर्षकै हुनुपर्ने भन्दै सुझाव दिने एक अधिकृतलाई वन्तले कारबाहीस्वरुप बढुवा मर्यादाक्रममा समेत पछि पारेका छन् । उनले उपत्यकामा रहेका भीआईपी र भीभीआईपीको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई एसएसपीको कमाण्डमा रहेको कार्यदललाई जिम्मा दिएर महानगरीय एआईजीपीलाई बाइपास गरिरहेको स्रोत बताउ“छ ।

Post a Comment

0 Comments