Subscribe Us

एनसेल ठगीः एनसेलको ११ अर्व उद्योग विभागमा

ncellकाठमाडौंः
अन्तर्राष्ट्रिय दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गैरकानुनी रुपमा विदेश लैजान खोजेको ११ अर्व रुपैयाँको विवाद उद्योग विभागमा पुगेको छ । एनसेलले बोनस भन्दै ११ अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर विदेश लैजानका लागि नेपाल राष्ट्र बैंक र नियमन निकाय नेपाल दुरसञ्चार प्राधिकरणले स्वीकृती नदिएपछि विवाद उद्योग विभागमा पुगेको हो । तर एनसेलको चुक्ता पुँजी कति छ भन्ने बारे पनि अहिलेसम्म कम्पनी रजिष्टार कार्यालय, दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयले जानकारी समेत पाउन सकेका छैनन् । कम्पनी दर्ता गर्दाको चुक्ता पुँजी १० करोड रुपैयाँमध्ये दुई करोड रुपैयाँ नेपाली नागरिकको र आठ करोड रुपैयाँ एनसेलको तर्फबाट विदेशीको नाममा राख्नुपर्नेमा एनसेलले चुक्ता गरेको रकममा छ करोड मात्र जायज देखिएको र बाँकी दुई करोड रुपैयाँ प्रमाणित नै हुन नसकेका कारण उद्योग विभागले पनि अन्य निकायले झै बोनस रकम लैजान रोक लगाएको विभाग स्रोतले बतायो ।
जसका कारण एनसेलको ११ अर्व बोनस रकम जोखिममा परेको यूनाईटेडपोष्ट साप्ताहिकमा समाचार छ ।
दुई आर्थिक वर्षको उक्त रकम जोखिममा परेपछि एनसेलले उद्योग विभागमा चलखेल गरेको हो । तर विभाग स्रोतले भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित एनसेल सञ्चालन भइरहेको र चुक्ता पुँजी नै प्रमाणित हुन नसकेका कारण उक्त रकम विदेश पठाउन स्वीकृत नदिने बताएको हो । यसअघि राष्ट्र बैंकले प्राधिकरणसँग एनसेलले माग गरेअनुरुपको रकम उसलाई दिनुपर्ने हो वा होइन भनी स्पष्ट राय माग गरेको थियो । तर कानुनी जटिलतासँगै प्राधिकरणले उक्त विषयमा कुनै निर्णय गर्न नसकेपछि सूचना तथा सञ्चार मन्त्रालयसँग राय मागेको थियो । एनसेलले कमाएको नाफा लैजाने सम्बन्धमा प्राधिकरणले सञ्चार मन्त्रालयस“ग राय मागेकोमा मन्त्रालयले आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै कुनै निर्णय नगरि फाइल नै फिर्ता पठाएपछि विवाद उद्योग विभागमा पुगेको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ को दफा ५ ले गरेको व्यवस्थाको प्रतिकूल हुने गरी एनसेललगायतका विदेशी लगानीका कम्पनीहरुले काम गर्दा आफैले आर्जन गरेको मुनाफा समेत सजिलैसँग सम्बन्धित देशमा लैजान नसकेका हुन् । विदेशी लगानीको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सन २००८ देखि आर्जन गरेको मुनाफा लैजान झण्डै डेढ वर्षदेखि कोसिस गरे पनि उसलाई सफलता नमिल्नुको कारण पनि गैर कानुनी कार्य नै रहेको दुरसञ्चार प्राधिकरणले बताउँदै आएको छ । बहुराष्ट्रिय कम्पनीका रुपमा टेलियासोनेराले विश्वका २० वटा मुलुकमा दूरसञ्चारको सेवा दिइरहेको छ ।

Post a Comment

0 Comments