Subscribe Us

पाप कटाउन धर्मकर्ममा चक्रे डन

काठमाडौं । राजधानीका कुख्यात डन चक्रे मिलन उफ मिलन गुरुङ पाप कटाउन अब धर्मकर्ममा लागेका छन् । चक्रपथ क्षेत्रलाई आधार ईलाका बनाएर गुण्डागर्दीमा सक्रिय चक्रे पछिल्लो समय धर्मकर्म लागेका हुन । बिगतमा गरेको पाप कटाउन तथा अब अपराध नर्गने भन्दै उनि धर्ममा लागेको उनि निकट स्रोत बताउछ । चक्रे अहिले अधिकाम्स समय मठ मन्दिरमा गएर बिताउन थालेका छन् ।
 
 भने रुद्धाक्ष्ँको मालासमेत लगाउन थालेका छन् । बिहान बिहान उनि उक्त रुद्धाक्ष्ँ मालाको जपसमेत गर्ने गर्दछन् । राजधानीमा कुख्यात गुण्डाको उपाधि पाएका चक्रे गुण्डा सर्कलमा निडर लिडे स्वाभाको रुपमा चिनिन्छन् । लागूऔषध र अरु एक दर्जन मुद्दाको अभियोग लागेका चक्रे गत ६ महिना अघि पा“च बर्षको सजा“या भुक्तान गरी छुटेका थिए । 
 
जेलबाट बाहिर निस्कदै गर्दा आफू छिटै कुमार श्रेष्ठ उफ घैंटे ढालेर पुनः जेल आउने भन्दै बाहिरेपनि उनि अब झै झगडा र गुण्डागर्दी नगर्ने मुडमा रहेको उनि निकट स्रोत बताउछ । गुण्डा सर्कलमा नारदका रुपमा चिनिएका रोज राणा उफ सरोज थापाले चक्रेलाई उचालेर घैंटे ढाल्ने योजना बनाएका थिए । तर यो कुरा बाहिर सार्बजनिक भएपछि दुबै सर्तक भएका हुन । स्रोतका अनुसार राणाले हङकंगमा रहेका घैंटेलाई हङकंग नै गएर ढाल्नुपर्छ भन्दै चक्रेलाई उचाल्ने गरेको चक्रे निकट स्रोत बताउछ । 

Post a Comment

0 Comments