Subscribe Us

कोइलाको ट्रकमा अत्ययाधुनिक हतियार भित्र्याउँदै ‘विप्लब’


काकरभिट्टा । सशस्त्र क्रान्तिको रिहर्सल गरिरहेको नेत्र बिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादीले नेपालको पूर्बी नाका काकरभिट्टाबाट अत्याधुनिक हतियार भित्र्याउन थालेको रहस्य खुलेको छ । संबिधानसभामा प्रतिनिधित्व गर्ने दलहरु संबिधान जारी हुने मिति माघ ८ को सन्दर्भमा संबिधानसभाभित्रै बौद्धिक बहस र भौतिक द्धन्द्धमा उत्रिरहेको बेला सशस्त्र आन्दोलनको तयारी गरिरहेको बिप्लब नेतृत्वको माओवादीले भने पूर्बी नाका काकरभिट्टाबाट हतियार भित्र्याउन थालेको हो ।  स्रोतका अनुसार माओवादी नेता बिप्लबले ती हतियारहरु भारतको नागाल्याडस्थित सशस्त्र आन्दोलन गरिरहेको बोडो उग्रवादी समूहबाट खरिद गरेका हुन् । 

स्रोत भन्छ,‘बोडोको हतियार सप्लाई गर्ने गिरोहले आसामको कोक्राझार हुँदै नेपाल भित्रने कोइलाका ट्रकमा लुकाईछिपाई अत्याधुनिक हतियार आयात गर्ने गरेका छन् ।’ नेपालमा कोइला ईंटा भट्टा र केही कलकारखानामा प्रयोग हुने गरेको छ । नेपालमा सञ्चालित उद्योगहरुले भारतको आसाम, नागाल्याड, मणीपुरा आदी राज्यबाट कोइराला नेपाल आयात गर्ने गरेका छन् । हिउँदको याममा नेपालमा इँटाभट्टामा समेत कोइलाको माग बढ्न थालेपछि यतिबेला कोइलाको अभाव भएको छ । 

अभावका बाबजुद कोइला नेपालमा आयात बढेसँगै हतियारका गिरोहले ती हतियार कोइलामा लुकाईछिपाई ट्रकमा राखेर नेपाल भित्र्याएका हुन् ।  काकरभिट्टा नाकाबाट भित्र्याइएका ती हतियारमध्ये धेरै हतियार नेपालकै पूर्बी नाका नकलबन्दादेखि पशुपतिनगरको जंगल क्षेत्रमा सुरक्षित गरिएको छ । नेकपा माओवादीले हाल गोप्य रुपमा दिइरहेको तालिममा ती हतियार प्रदर्शन नगरिए पनि सुरक्षित भण्डारण गरिएको स्रोतले बतायो । 

स्रोत भन्छ,‘ती हतियारमध्ये केही हतियार बर्ने, शान्तिनगर, बाहुनडाँगी तथा ईलामका दक्षिणी गाबिसको सीमा क्षेत्रमा राखिएको छ । अप्ठ्यारो पर्दा ती हतियार भारतीय नाका नक्सालबाढीमा एकै घण्टामा स्तान्तरण गर्न सकिने निष्कर्ष निकाल्दै माओवादीले हाल तालिम पनि दिने गरेको छ । तालिममा साना हतियारको प्रदर्शन गरिएपनि आधुनिक हतियारहरु भने प्रदर्शन गरिएको छैन् ।’ ती हतियारमध्ये केही साना हतियार माओवादीले संघिय लिम्वुवान परिषद्का चार घटकमध्ये एक र किराँत वर्कर्स पार्टीका असन्तुष्ट समूहलाई विक्री गरिसकेको छ ।  तर ती जातिय संगठनका असन्तुष्ट नेताहरुले आफूहरुलाई अत्याधुनिक हतियार चाहिएको माग गरिरहेका छन् । 

सुरक्षाकर्मीले बिप्लब नेतृत्वका माओवादीका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएपछि उसले पनि जातिय संगठनका नेतालाई प्रयोग गरी हतियार संरक्षणको रणनीति लिएको स्रोत बताउँछ । काकरभिट्टा नाकाबाट भित्रिएका मध्ये केही हतियार किराँत वर्कर्स र लिम्बुवान मोर्चाका साना घटकहरुले सप्तकोशी क्षेत्रको सप्तरी, उदयपुर, सुनसरी र धनकुटा सीमा क्षेत्रमा भण्डारण गर्ने योजना बनाएका छन् ।  

यसैगरी, हतियार सप्लाई गर्नेहरुले रुपन्देही र कपिलबस्तुमा रहेका मुस्लिम बस्तीलाई समेत हतियारको संरक्षण गर्ने स्थलका रुपमा दुरुपयोग गर्न थालेका छन् । उनीहरुले नेपालगञ्ज  क्षेत्रलाई  अर्को सुरक्षित स्थलका रुपमा हेरेका छन् । स्रोतका अनुसार सार्क शिखर सम्मेलनको समयमा नेपालमा कुनैं पनि बितण्डा मच्चाउने अवसर नपाएको मुस्लिम अतिबादी  समूहले सोही समयमा नेपाल आयात गरेका मध्ये केही हतियार लम्जुङ्क, कास्की र मनाङको सीमा क्षेत्रमा सुरक्षित राखेका छन् । ती मध्ये केही हतियार अर्घाखाँची, कपिलबस्तु र दाङको सीमा क्षेत्रमा पु¥याइएको छ । 

ती हतियारको प्रयोग बिप्लब माओवादीको समूहले गरिसकेको छ भने भारतीय सहयोगमा उक्त हतियार प्राप्त गरिरहेको छ । रुपेडहिया नाकाबाट नेपालगञ्ज हुँदै भित्रिएको हतियार भने सिँधै कालिकोट, दैलेख र अछाम क्षेत्रमा पु¥याईएको छ । संबिधानसभामा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको एनेकपा माओवादीले संबिधानसभा बहिस्कार गरेको र अन्य केही दलले असहमति जनाउँदै संबिधानसभा छोडेको अवस्थालाई पर्खिएर बसेको बिप्लब समूहको माओबादीले विद्रोहको सबै तयारी गरिसकेको छ । उसले ती हतियारहरु बिशेषगरी कर्णाली जलबिद्युत आयोजना, मस्याङ्दी आयोजना र सप्तकोशी उच्च बाँध क्षेत्रलाई लक्षितगरी सुरक्षित भण्डारण गरिएको बुझिएको छ । 

Post a Comment

0 Comments