Subscribe Us

प्रहरीको शैलीमा पेस्तोल भिर्छन डन घैंटे


काठमाडौं । डनहरु पनि थरि थरिका शौखिन हुने रहेछन् । कोही मोबाईलका, कोही लगाउने कपडाका, कोही गाडीका त कोही घडीका शौखिन छन् । तर, गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे भने हतियारमा शौखीन रहेको तथ्य फेला परेको छ । कहिले नेपाली सेनाले प्रयोग गर्ने मेशिनगन त कहिले कम्बरमा पेस्तोल भिरेर उनी आफूलाई हतियारकोे शौखीन भएको पुष्टि गर्छन् । 

सर्बसाधारणलाई हतियार बोक्न तथा राख्न कानुनले निषेध गरेको छ । तर गुण्डाका नाइके भएरपनि घैंटेले भने प्रहरीलाई चुनौति दिंदै हतियार बोकेका तस्विरहरु सार्बजनिक गर्दै आएका छन् । सामाजिक सन्जाल फेसबुक मार्फत घैंटेले अत्याधुनिक हतियार मेशिनगन ताकेको फोेटो सार्बजनिक गरे । तर, प्रहरीले सो मेशिनगनको बारेमा कुनै अनुसन्धान नगरेपछि उनको हौसला बढ्यो । जसका कारण कम्मरमा प्रहरीले भिरे झै हतियार भिरेर फोटो खिचाउँदै हिंडेका छन् ।

प्रहरी ईन्काउन्टरमा डन दिनेश अधिकारी ‘चरी’ मारिनु तथा अर्का टेण्डरे गुण्डा रमेश बाहुन भनिने सुजन पौडेल जेलमा परेपछि प्रहरीको हिटलिस्टमा रहेका घैंटे पक्राउ नर्पनुले उनलाई ठूलै शक्तिको संरक्षण रहेको पुष्टि हुन्छ । कसैले फेसबुकमा नक्कली हतियार बोकेको फोटो राख्दा पक्राउ गरेर दुनियाँलाई दुःख दिने प्रहरी घैंटेले सार्बजनिक गरेको सक्कली तर अबैध हतियारको बारेमा प्रहरीले चासो नदिनु नै ठूलै रकमको चलखेल भएको प्रहरी भित्र चर्चा छ । पाँचबर्ष अघि दरबारमार्गमा अमित लामामाथि गोली प्रहार गरेपछि लाजिम्पाटको होटल शंकरबाट पक्राउ परेका घैंटे १५ महिनाको जेल जीवनपछि रिहा भएका थिए । यूनाईटेडपोष्ट साप्ताहिकमा समाचार छ ।
पक्राउ गर्न गएका प्रहरीलाई हतियार तेस्र्याएपछि उनलाई प्रहरीले तिघ्रामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो । हतियार सहित पक्राउ परेकालाई ३ बर्षदेखि ६ बर्षसम्म कैद वा ७५ हजारदेखी तिन लाखसम्म जरिवान वा दुबै गर्न मिल्ने कानुन प्रावधान छ । तर राजनीतिक संरक्षणका कारण उनी ७५ हजार जरिवानामा छुटेका थिए । घाईते लामाले घैंटेले गोली नचलाएको भन्दै अदालतमा बकपत्र गरेपछि उनी जेलमुक्त भएका थिए । पछिल्लो समय गुण्डागर्दी विरुद्ध प्रहरी आक्रमक बनेपछि उनी कहिले भारत त कहिले हङकङमा बस्दै आएका छन् ।
तर केहि प्रहरीकोे सेटिङमा उनी नेपाल आउने जाने गर्छन । 

दुई महिना अघि उनले राजधानीमा ५ सय मोटरसाईकको ¥याली निकाल्दै नुवाकोटको बनभोज पुगेर आएका थिए । तर पनि प्रहरीले पक्राउ नगरेपछि उनको सेटिङ ठूलै भएको गुण्डा सर्कलमा चर्चा चलेको छ । काठमाडौंको लाजिम्पाटमा घैंटेले रेष्टुरेन्टसमेत खोलेका छन् । नेपाल भएकोे बेलामा अधिकांस समय उनी त्यहि रेष्टुरेन्टमा बिताउने गरेको उनी निकट स्रोेत बताउँछ । उनलाई प्रहरीको भन्दा अर्का गुण्डाका नाईके मिलन गुरुङ उर्फ चक्रे मिलनसँग डर छ । गुण्डागर्दी र असुलीमा माहिर चक्रे अपराध महाशाको हिट लिष्टमा छन् ।

स्रोतका अनुसार प्रहरीका नयाँ दलालले डन इन्काउण्टर गर्ने प्रहरीसँग घैंटेको सम्बन्ध सुमधुर बनाइदिएका छन् । सोही कारण उनी राजधानीका सम्पूर्ण गुण्डा पक्राउ पर्दा पनि राजधानीमै रमाएर बस्न सफल भएका हुन् । गुण्डालाई पाठ सिकाउने नाममा तत्कालिन काठमाडौं परिसरका एसएसपी रमेश खरेलले आफूलाई समाजसेबी बताउने तथा संबिधानसभाको चुनावमा चुनाब लडिसकेका गुण्डाका नाईकेलाईपनि उजुरी बिनै पक्राउ गरी सार्बजनिक मुद्दा चलाए । तर हतियारमा रमाउने घैंटे भने पक्राउ परेनन् । त्यतिबेला देखि नै घैंटेको प्रहरीसँग ठूलै सेटिङ भएकोे चर्चा थियो ।

Post a Comment

0 Comments