Subscribe Us

गुण्डागर्दी नियन्त्रण नहुनुमा प्रहरीकै कमजोरी,
गुण्डाका अभियोग अदालतमा हुदैनन् पुष्टी

राजधानीमा कहलिएका गुण्डाका नाईके बिरुद्ध नेपाल प्रहरीले जघन्य अपराधमा दर्जनौं पटक मुद्दा चलाए पनि फितलो अनुसन्धानको कारण अदालतले कैद गर्न सकेको छैन् । मुद्दा पुर्पक्षको लागि गुण्डाका नाइकेहरु जेलसम्म पुगे पनि प्रमाण अभावका कारण अदालतले फैसला गर्दा उनीहरुले सफाई पाउंदै आएका छन् । 

गलत तरीकाले जाहेरी  लिने तथा अभियोग लगाउने र प्रमाण सुरक्षीत गर्न नस्कदा अभियुक्तहरुले छुटकार पाउदै आएका छन् ः— नेपालवारका माहासिचब सुनील पोखरेल
 
अनुसन्धान गर्ने निकायले प्रात्त प्रमाण संङकलन गर्न नस्कदा अभियुक्तहरु छुटदै आएका छन्ः— माहान्याधिबक्ता रामबाबु कुवर
 
प्रहरीको ठूलो प्रमाण नै पिडीत पक्ष हो । तर पडितहरु बिभिन्न कारणले अदालत गएर प्रहरीको अनुसन्धानलाई सहयोग  नगर्ने र बयान फेर्ने (होस्टाएल) हुंदा मुद्दा पुष्टि हुर्दैनन्ः— प्रहरी

काठमाडौं । केही महिना अघि गुण्डाका नाईके दिनेश अधिकारी ‘चरी’ लाई गोली प्रहार गर्ने धादिङका राधे भण्डारीलाई ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा न्यायलयले ढरौंटी लिने आदेश ग¥यो । 

भण्डारीले अनुसन्धानको क्रममा प्रहरी समक्ष गोली आफंैले चलाएको र सो बन्दुक चरीकै भएको आरोप लगाएका थिए । अभियुक्तको बयानलाई आधार मान्दै प्रहरीले चरीमाथि पनि हातहतियार मुद्दा चलायो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले चरीमाथि गोली प्रहार गर्ने भण्डारीलाई तत्काल पर्याप्त प्रमाण नभएको र पछि प्रमाण बुझदै जांदा ठहरे बमोजिम हुने भन्दै धरौंटीमा छाड्ने आदेश दियो । भण्डारी स्वयम्ले गोली प्रहार गरेको र सो हतियार चरीको भएको बयान दि“दा राधेलाई धुनामा राखेर मुद्दा पुर्पक्ष्ँ गर्ने पर्ने कानुनी प्रावधानलाई न्यायलयले आत्मसाथ गर्नु नसकेको कानुन ब्याबसायहरुको धारणा छ । 

प्रहरीको अनुसन्धान फितलो हुनु र न्यायालयले नै कानूनको पूर्ण पालना नगर्दा अभियुक्तहरुले सहज उन्मुक्ती पाउने गरेका छन् । ‘चरीमाथि गोली प्रहार गर्ने राधेलाई कानून बमोजिम थुनामा राख्न सकिएको भए चरी र राधेको दोस्रो ‘ग्याङवार’ हुंदैन थियो, र ‘चरी’ को अन्तपनि नहुन सक्थ्यो, प्रहरीका एक अधिकृत बताउंछन् ।’ महाराजगञ्ज क्षेत्रमा एकछत्र गुन्डागर्दी गर्दै आएका मिलन गुरुङ ‘चक्रे’ पटक—पटक पक्राउ पर्दै छुट्दै आएका ब्यक्ति हुन् । २०६५ सालमा लागूऔषधसहित चक्रे पक्राउ परेपछि मात्र उनी जेलमा थन्किएका हुन् । उनका भाई तेजेन्द्र गुरुङलाई प्रहरीले १२ वटा अभियोग लगाई ०६७ सालमा पक्राउ ग¥यो । 

 गुरुङबिरुद्ध  केही मुद्दा उनी पक्राउ पूर्व नै अदालतमा दर्ता भएका थिए भने केही मुद्दामा भने प्रहरीले अनुसन्धान गरी अभियोगसहित अदालतमा पेश गरेको थियो । तत्काल गुरुङलाई अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरे पनि ६ महिना नवित्दै गुरुङले सम्पूर्ण मुद्दामा सफाई पाए । सफाई पाएपछि थुना मुक्त भएका गुरुङ पुनः प्रहरीको रेकर्डमा गुण्डागर्दीमा नै संलग्न रहेका छन् । प्रहरीले अनुसन्धान गरेको १२ मुद्दा र सरकारी वकिल कार्यालयले लगाएको अभियोग अदालतमा कुनै पनि पुष्टी हुन सकेनन् । सामान्य ब्यक्तिको मुद्दा फैसला हुन २ बर्ष लाग्ने अदालतमा गुण्डाका नाईके गुरुङको १२ मुद्दा ६ महिना नवित्दै फैसला भयो र गुरुङले उन्मुक्ति पाए ।

 त्यतिबेला गुरुङलाई पक्राउ गरी मुद्दा चलाउने काठमाडौं परिसरका तत्कालिन एसपी रमेश खरेलले नै थिए । केही महिना अघि हाउजिङ कम्पनी, ठेकेदार र व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा गुरुङ पुनः पक्राउ परे । तर, प्रहरीले गुरुङबिरुद्ध प्रमाण जुटाउन नसक्दा उनी तीन हजार ढरौंटीमा छुटे । प्रहरीको रेकर्डमा गुरुङ १० पटक पक्राउ परिसकेका छन् । तर, उनलाई अदालतबाट कैद गराउन  सक्ने गरी प्रहरीले कुनै मुद्दाको अनुसन्धान नै गर्न सकेन् । 

गुरुङबिरुद्ध अपहरण, कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग, हातहतियार जस्ता जघण्य अपराध मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्ध्ाँन गरेको थियो । प्रहरीकै फितलो अनुसन्धानका कारण गुरुङले सहजै उन्मुक्ति पाए । प्रहरीले गलत नियतले जाहेरी लिन तथा अभियोग लगाउने सरकारी वकिलले चालाउन नपर्ने मुद्दा समेत जबरजस्ति अदालतमा पु¥याउदा मुद्दा असफल हुने गरेको नेपाल बारका माहासचिब सुनील पोखरेल बताउछन् । पोखरेल भन्छन्ः—‘प्रहरीले प्रमाण सुरक्षीत गर्न नस्कदा फौजदारी मुद्दामा सरकार असफल हुने गरेको छ ।’ तर प्रहरीहरु भने आफ्नो कमजोरीलाई ढाकछोप गर्न राजनीतिक दलहरुसंग गुण्डाको सांठगांठ तोड्न सके मात्र गुण्डागर्दी कम हुने र कारबाही गर्ने सहज हुने जिकीर गछन् । 

यता प्रहरीका केही अघिका प्रहरी प्रवक्ता तथा एसएसपी गणेश केसी भने प्रहरीको ठूलो प्रमाण नै पिडीत पक्ष भएको बताउंदै पडितहरु बिभिन्न कारणले अदालत गएर प्रहरीको अनुसन्धानलाई सहयोग  नगर्ने र बयान फेर्ने (होस्टाएल) हुंदा मुद्दा पुष्टि नसकेको बताउंछन् । 

राजधानीमा कहलिएका गुण्डाका नाईके दीपक मना दर्जनौं पटक पक्राउ परे । ०५९ सालमा डांका अभियोगमा समातिएका मनाङ्गे गोली प्रहार भएको, कुटपिट, अपहरण, ज्यानमार्ने उद्योगजस्ता दर्जनौं अभियोग लगाएर प्रहरीले उनीमाथि मुद्दा चलायो । चक्रे मिलनको हात काटेको अभियोग बाहेक अहिलेसम्म उनीमाथि लागेको कुनै पनि अभियोग पुष्टि भएको छैन् । चक्रे मिलनको हात काटेको अभियोगमा मना¨े दुई बर्ष जेल बसेका थिए । सामाखुसि क्षेत्रमा गुण्डागर्दी गर्न सक्रिय कुमार श्रेष्ठ ‘घैंटे’ पनि हातहतियारसहित पक्राउ परे । 

तर, घैंटेले सामान्य जरिवाना तिरेर दुई बर्ष अघि नै उन्मुक्ति पाए । हतियारसहित पक्राउ परेकालाई सात बर्षसम्म कैद गर्ने कानुनी प्रावधान छ । तर, घैंटेलाई तंत्कालिन जिल्ला प्रशासन कार्यलयका प्रमुख लक्ष्मीप्रसाद ढकालले मुद्दा फैसाला गर्दा ७५ हजार रुपैयां  जरिवाना गरेर उनलाई मुक्त गरे । तीन बर्ष अगाडि दरबारमार्गमा अमित लामालाई गोली प्रहार गरी फरार भएका घैंटेलाई प्रहरीले उक्त घटना लगत्तै लाजिम्मपाटको शंकर होटलबाट हतियारसहित पक्राउ ग¥यो । पक्राउ पर्न लागेको सुइ“को थाहा पाएपछि प्रहरीलाई नै गोली ताक्न समेत उनी पछि परेनन् । 

प्रहरीको जबाफी फाईरीङमा घैंटे घाईते भए । राजधानीको चर्चित डनको उपाधि पाएका गण्ँेश लामा पनि पटकपटक प्रहरीको हिरासत हुंदै कारागारसम्म पुगे । तर, घैंटे र लामाविरुद्ध कुनै पनि अभियोग अदालतमा पुष्टी हुन सकेन् । पछिल्लो समयमा लामा सम्पत्ति सुद्धीकरण मुद्दामा तारेख खेपिरहेका छन् । चक्रे मिलनकै सहयोगी यादव डंगोललाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका साजन महर्जनलाई समेत प्रहरीले फितलो अनुसनधान गरी अदालतमा अभियोग पेश गरेका कारण उनलाई सजा“य हुन सकेन् । 

गुण्डागर्दीको आ“डमा पछिल्लो समय साजनले बुढानिलकण्ठ नजिकै रहेको साङले खोलाकोे बालुवा खानीबाट बालुवा निकाल्दै बिक्रि गर्दै आएका छन् । त्यस बाहेक रोडा–ढुङगाको अवैध व्यवसायमा समेत साजन सक्रिय छन् । चाबहिल क्षेत्रमा गुण्डागर्दी गर्ने राजु गोर्खालीले कर्तब्य ज्यान मुद्दामा राहतसहितको सजाया“ पाए । दरबारमार्गस्थित आफ्नै रोयल डिस्कोमा राकेश लिम्बूको हत्या अभियोगमा उनलाई २० बर्षको सट्टा अदालतले ५ बर्ष मात्र कैद गरेको थियो । गत बर्ष मात्र उनी जेल मुक्त भएका हुन् । गोर्खाली अहिले रेष्टुरेन्ट ब्यबसायमा आबद्ध भएका छन् । 

लुटेराबाट ठेकेदार बनेका काजी शेर्पाबिरुद्ध पनि काभ्रेका छोटा डनका रुपले चिनिने बिष्णु लामामाथि गोली प्रहार गरेको अभियोग लागेको थियो । उनीमाथि लगाइएको अभियोग पनि अदालतमा पुष्टी भएन् । लामाको पेटमा लागेको घाउ गोलीकै भएको अस्पतालले रिर्पोट दिएपनि प्रहरीको फितलो अनुसन्धानका कारण गोली काण्डमा शेर्पाको संलग्नता अदालतमा पुष्टि भएन् । शेर्पा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकांश ठेक्का कब्जा गर्दै आएका छन् । चलचित्रका नायक तथा निर्माता समेत रहेका अर्का गुण्डाका नाईके रोज राण्ाँलाई काठमाडौंका तत्कालिन एसपी खरेलले मानव बेचविखन मुद्दा लगाए ।  

राणा पुर्पक्षका लागि थुनामा पनि  पुगे तर अदालतले फैसला भने उनको पक्षमा गरिदियो । नख्खु जेलमा ६ महिना बिताएका राणालाई डान्सबारका युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । माहान्याधिबक्ता बाबुराम कुवर फौजदारी मुद्दा अदालतमा पुष्टी नहुनुमा अनुसन्धान गर्न प्रहरीपनि एक कारण भएको बताउछन् । कुवरको अनुसार प्रहारीले पात्त प्रमाण संङकलन गर्न नस्कदा फौजदारी अभियोग लागेका अभियुक्त सहजै उनमुक्ति पाउने गरेको जिकीर गछन् ।

Post a Comment

0 Comments